5 years ago
March 30, 2020
एजेन्सी – स्वदेश फर्केदेखि नै क्वारेन्टाइनको नियम आफुले पालना गर्दै आएको ब्राजिलियन स्टार नेयमारले बताएका छन् । कोराना भाइरस कोभिड १९ ले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड ब्राजिल फर्केका थिए । सेल्फ आइसोलेसनमा १४ दिन बस्नु पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।
यद्यपी, सपिङका लागि निस्केको फोटोहरु सामाजिक सञ्जालमा आएपछि त्यहाँका सञ्चारमाध्यमले नेयमारले क्वारेन्टाइनकोको नियम उल्लंघन गरेको जनाएका थिए । नेयमारले साथीहरुसँग ब्राजिल फर्कदै गरेको फोटो इन्स्टाग्राममा राखेका थिए ।
‘अपवादका रुपमा नेयमारका छोरा डभिड लुका आफ्ना बाबुसँग बस्न आएका हुन्,’ नेयमारका प्रतिनिधिले भनेका छन्, ‘नेयमार आफ्नो दैनिक अभ्यास गररहेका छन् । जसमा उनलाई प्रशिक्षक रिकार्डौ सोसाले सघाइरहेका छन् । मानजीवनलाई निकै कठिन भएको यो कोराना भाइरसबाट मुक्त भएर व्यवासयिक जीवनमा फर्कन हामी पर्खिरहेका छौं । ‘
पछिल्ला सिजन विवादमा आएका नेयमार जारी सिजन भने पिएसजीमा राम्रो सिजन बिताइरहेका छन् । यद्यपि उचित प्रस्ताव आएको खण्डमा पिएसजीले उनलाई बेच्ने सम्भावना छ । पिएसजीले एमबाप्पेलाई आफ्नो प्राथमिकतामा राखेको छ । बार्सिलोना पनि नेयमारको स्थिति नियालेर उनलाई पुन: क्याम्प नोउमा फर्काउन तयारी गरिरहेको छ ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]