default_image

4 years ago

April 2, 2020

केन टोटेनहममै रहनेमा शंका

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले आफ्नो स्टार फरवार्ड ह्यारी केन क्लबमै रहनेमा विश्वस्त रहन नसकिने अवस्था रहेको बताएका छन् । इंग्ल्यान्डका २६ वर्षीय केनले गत आइतबार टोटेनहममा आफ्नो भविष्यबारे शंका व्यक्त गर्दै क्लब छाड्न सक्ने संकेत दिएका थिए ।  केनलाई क्लबमै राख्न टोटेनहमलाई आउदो सिजनमा च्याम्पियन्स लिगमा स्थान बनाउनुपर्ने दवाव छ । टोटेनहम अहिले […]

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले आफ्नो स्टार फरवार्ड ह्यारी केन क्लबमै रहनेमा विश्वस्त रहन नसकिने अवस्था रहेको बताएका छन् । इंग्ल्यान्डका २६ वर्षीय केनले गत आइतबार टोटेनहममा आफ्नो भविष्यबारे शंका व्यक्त गर्दै क्लब छाड्न सक्ने संकेत दिएका थिए । 

केनलाई क्लबमै राख्न टोटेनहमलाई आउदो सिजनमा च्याम्पियन्स लिगमा स्थान बनाउनुपर्ने दवाव छ । टोटेनहम अहिले प्रिमियर लिगको आठौं स्थानमा रहेको छ । प्रिमियर लिगको नतिजाले पनि केनको टोटेनहममा भविष्य निर्धारण गर्न सक्नेछ ।

विश्वमा सर्वश्रेष्ठ सेन्टर फरवार्डको रुपमा स्थापित केनले केहि दिनअघि एक अन्तरवार्तामा आफू सफल खेलाडी हुनका लागि एकै क्लबमा खेलिरहन जरुरी नरहेको बताएका थिए । तर, २०० मिलियन पाउन्ड मुल्य तोकिएको केन अर्काे सिजन पनि लन्डन क्लबमै रहनेमा सम्भावना छ ।

केनलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले चासो देखाएका छन् । सिटीले अर्जेन्टिनी सर्जियो अगुइरोको विकल्पमा अघि सार्दा युनाइटेडले पनि उनलाई अनुबन्ध गर्ने योजना बनाइरहेको छ । रियल म्याड्रिड लामो समयदेखि केनको अवस्था अध्ययन गरेर बसिरहेको छ ।

टोटेनहमले शीर्ष चार रहने योजना बनाउने र त्यसमा असफल भए केनलाई जसरी पनि क्लबमा राख्ने योजना बनाइरहेको छ । केनको टोटेनहममा अझै ४ वर्ष सम्झौता रहेको छ । टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले केनलाई बेच्नुपरेपनि कम्तीमा २०० मिलियन पाउन्डभन्दा कम मुल्यमा नबेच्ने बताएका छन् । लेभीले कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व फुटबलमा असर परेको र ठुलो मुल्यमा खेलाडी सरुवा कम हुने बताएका छन् ।

केन अहिले चोटका कारण मैदान बाहिर छन् । प्रिमियर लिग ३० अप्रिलसम्म स्थगित गरिएको छ । ३० अप्रिलपछि खेल शुरु हुन सकेको अवस्थामा उनले पनि चोटबाट पूनरागमन गर्न सक्नेछन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.