default_image

4 years ago

April 2, 2020

मेस्सीको पारिश्रमिक कटौतीबाट मात्रै ५ मिलियन बचत

एजेन्सी – कोराना भाइरस कोभिड १९ ले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि त्यसले सबै क्षेत्रमा असर पारेको छ । अन्य क्षेत्र जस्तै खेल क्षेत्रमा पनि ठूलो असर पारेको छ । जसका कारण युरोपका ठूला क्लबहरुले खेलाडीहरुको पारिश्रमिक कटौती गर्ने भएका छन् । बार्सिलोनाका खेलाडी ७० प्रतिशत पारिश्रमिक कटौतीका लागि यसअघि नै राजी भइसकेका छन् । […]

38 views

0 Bookmark

एजेन्सी – कोराना भाइरस कोभिड १९ ले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि त्यसले सबै क्षेत्रमा असर पारेको छ । अन्य क्षेत्र जस्तै खेल क्षेत्रमा पनि ठूलो असर पारेको छ । जसका कारण युरोपका ठूला क्लबहरुले खेलाडीहरुको पारिश्रमिक कटौती गर्ने भएका छन् ।

बार्सिलोनाका खेलाडी ७० प्रतिशत पारिश्रमिक कटौतीका लागि यसअघि नै राजी भइसकेका छन् । जसबाट क्लको मासिक रुपमा झन्डै ३२ मिलियन पाउन्ड बचत हुने भएको छ । बार्सिलोनाले ठूलो रकम बुझ्दै आएका खेलाडीको तलब कटौती गरेर क्लबका अन्य कर्मचारीलाई भने नियमित तलब दिन यो कदम चालेको हो । यो निर्णयको विश्वभरबाट स्वागत हुँदै अन्य क्लबले पनि यसै पद्दति अबलम्बन गर्न थालेका छन् ।

बार्सिलोनाका ४ कप्तानहरु लियोन मेस्सी, जेरार्ड पिके, सर्जियो बुस्केट, सिर्जी रोर्बेटोको पारिश्रमिक कटौतीबाट मात्र ८.६ मिलियन पाउन्ड बचन हुने बताइएको छ । अर्जेन्टिनी सुपरस्टार एक्लैको कटौतीबाट मात्र क्लबलाई ५ मिलियन युरो बचत हुनेछ । त्यति मात्र होइन मेस्सीले हालै मात्रै कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि भन्दै २ वटा अस्पताललाई १ मिलियन युरो सहयोग गरेका थिए । पिके र बुस्केट्सको पारिश्रमिक कटौतीबाट क्लबलाई झन्डै समान १.५ मिलियन जोगिनेछ ।

रोबेर्टोको पारिश्रमिकबाट झन्डै ७ लाख युरो जोगिने बताएको छ । लुइस स्वारेज र एन्टोनी ग्रिजमन कप्तान नभएपछि उनीहरुको पारिश्रमिकबाट पनि क्लबलाई राम्रै बचत हुनेछ । ग्रिजमनको बाट क्लबले झन्डै २.१ मिलियन प्रति महिना बचत गर्नेछ । त्यस्तै स्वारेजको पाश्रिमिक कटौतीले झन्डै पिके र बुस्केट्सको जति जोगिनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.