default_image

4 years ago

April 2, 2020

क्लोप जर्मनीको प्रशिक्षक बन्न सक्ने

एजेन्सी – जर्मन प्रशिक्षक योर्गेन क्लोपले इंग्लिस क्लब लिभरपुलमा उत्कृष्ट समय व्यतित गरिरहेका छन् । उनकै प्रशिक्षणमा लिभरपुलले अघिल्लो सिजनको युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो ।  २०१५ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट लिभरपुल आएयता ५२ वर्षीय क्लोपले लिभरपुलको प्रदर्शनमा व्यापक परिवर्तन गरिदिएका छन् । सुरुवाती समयमा औसतको […]

45 views

0 Bookmark

एजेन्सी – जर्मन प्रशिक्षक योर्गेन क्लोपले इंग्लिस क्लब लिभरपुलमा उत्कृष्ट समय व्यतित गरिरहेका छन् । उनकै प्रशिक्षणमा लिभरपुलले अघिल्लो सिजनको युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो । 

२०१५ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट लिभरपुल आएयता ५२ वर्षीय क्लोपले लिभरपुलको प्रदर्शनमा व्यापक परिवर्तन गरिदिएका छन् । सुरुवाती समयमा औसतको प्रदर्शन गरेपनि लिभरपुले पछिल्लो दुई वर्षमा उत्कृष्ट प्रदर्शन गरेका छन् । अघिल्लो वर्ष इंग्लिस प्रिमियर लिगको उपाधिनजिक पुगेर पनि लिभरपुल अन्तिम समयमा चुकेको थियो ।

तर, यो सिजन लिभरपुल प्रिमियर लिगको ९ खेल बाँकी छदै उपाधिनजिक उभिएको छ । लिभरपुललाई अब प्रिमियर लिग च्याम्पियन बन्न मात्रै दुई जितको खाँचो छ । कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्वको खेलकुद गतिविधि ठप्प छ । प्रिमियर लिग ३० अप्रिलसम्मलाई स्थगित छ । त्यसपछि पनि शुरु हुने या नहुने अन्योलता छ ।

क्लोपले यसअघि बोरुसिया डर्टमन्डमा पनि उत्कृष्ट समय व्यतित गरेका थिए । उनले जर्मन बुन्डेसलिगामा बायर्नको वर्चस्व तोड्दै उपाधि जित्न सफल भएको थियो । यिनै प्रशिक्षक क्लोपलाई जोगाउन लिभरपुलले गम्भीर चासो लिएको छ । क्लबसँगको सम्झौता २०२४ सम्म रहेपनि क्लोपलाई अन्य क्लब र देशले पनि मुख्य प्रशिक्षक बनाउने प्रयास गरिरहेका छन् ।

उनलाई अनुबन्ध गर्न जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले पनि प्रयास गरेको थियो । तर, उनी एनफिल्डमै रहे । क्लोपलाई जर्मनीको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्न प्रस्ताव पनि आएको छ । मिररका अनुसार जर्मनी फुटबल एसोसिएसनले सफल प्रशिक्षकको रुपमा दरिएको जोचिम लोको उत्तराधिकारीको रुपमा क्लोपलाई अनुबन्ध गर्ने प्रयास थाल्ने उल्लेख गरेको छ ।

लिभरपुललाई ठुलो सफलता दिलाएका क्लोपलाई लिभरपुल लामो समय क्लबमै राख्ने योजनामा छ । तर, यो क्लोपको निर्णयमा पनि भर पर्नेछ । क्लोपले भने आफु लिभरपुलमै खुसी रहेको र जर्मनी जाने विषयमा केही पनि नसोचेको बताएका छन् । जर्मनी राष्ट्रिय टोलीमा जोचिम लोको सम्झौता २०२२ सम्म रहेको छ । क्लोपको लिभरपुलमा सम्झौता २०२२ सम्म रहेपनि उनले यसै वर्ष थप दुई वर्षको सम्झौता नवीकरण गरेका थिए ।

क्लोपले एनफिल्डमा ५ वर्ष बिताइसकेका छन् । उनी म्यानचेस्टर युनाइटेडका सर एलेक्स फर्गुसन र आर्सनलका आर्सेनी वेंगर जस्तै एनफिल्डमा विरासत बनाउने प्रयासमा हुनेछन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.