default_image

4 years ago

April 3, 2020

डिबालामाथि पिएसजीको नजर

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्को सिजन युभेन्ट्सबाट पाउलो डिबालालाई भित्राउन प्रयास गर्ने भएको छ । अर्जेन्टिनी फरवार्डले युभेन्ट्ससँग नयाँ सम्झौता गरि नसकेका कारण पिएसजीले उनलाई भित्राउने चासो देखिएको छ । तथापी युभेन्ट्स भने उनीसँग नयाँ सम्झौता आशावादी छ । डिबालाका एजैन्ट जर्ज अन्टुनले युभेन्ट्ससँग नयाँ सम्झौताका बारेमा छलफल भइरहेको बताएका छन् । […]

39 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्को सिजन युभेन्ट्सबाट पाउलो डिबालालाई भित्राउन प्रयास गर्ने भएको छ । अर्जेन्टिनी फरवार्डले युभेन्ट्ससँग नयाँ सम्झौता गरि नसकेका कारण पिएसजीले उनलाई भित्राउने चासो देखिएको छ । तथापी युभेन्ट्स भने उनीसँग नयाँ सम्झौता आशावादी छ ।

डिबालाका एजैन्ट जर्ज अन्टुनले युभेन्ट्ससँग नयाँ सम्झौताका बारेमा छलफल भइरहेको बताएका छन् । तर, बार्षिक पारिश्रमिकनै छलफलको मुख्य विषय रहँदै आएको छ । डिबालाले १२ मिलियन युरो माग गरिरहँदा युभेन्ट्स भने बार्षिक १० मिलियन युरोमा मनाउने प्रयासमा छ ।

पिएसजीका स्टारद्वय नेयमार र केलियन एमबाप्पेले आउने सिजन फ्रान्सेली च्याम्पियन छाड्ने सम्भावना छ । यदि उनीहरुले छाडे भने क्लबले नयाँ खेलाडी लिनै पर्ने हुन्छ । पिएसजीका स्पोर्टिङ डाइरेक्टर उनको माग अनुसारको पारिश्रमिक दिएर डिबालासँग लामो सम्झौता गर्ने पक्षमा छन् ।

डिबाला यो सिजन युभेन्ट्समा उच्च फर्ममा छन् । त्यसैले क्लब उनी जस्तो महत्वपूर्ण खेलाडीलाई गुमाउन चाहदैन । २६ वर्षे स्टारको युभेन्ट्सको अहिलेको सम्झौता सन् २०२२ सम्म छ । क्लबले उनले थप सम्झौताका लागि मनाउने विश्वास लिएको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.