default_image

4 years ago

April 3, 2020

बार्सिलोनालाई नेयमार र मार्टिनेज भित्र्याउन कठिन

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्व खेलकुद गतिविधि ठप्प छ । क्लब फुटबलहरु ३० अप्रिलसम्म स्थगित छन् । टोकियो ओलम्पिक, युरोकप र कोपा अमेरिका कप जस्ता तीन ठुला प्रतियोगिता अर्काे वर्ष गर्ने निर्णय भइसकेको छ ।  कोरोनाले विश्वलाई नै आतकिंत बनाइरहँदा खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहेरै आफुलाई फिट बनाइरहेका छन् । यसबीचमा खेलाडी […]

60 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्व खेलकुद गतिविधि ठप्प छ । क्लब फुटबलहरु ३० अप्रिलसम्म स्थगित छन् । टोकियो ओलम्पिक, युरोकप र कोपा अमेरिका कप जस्ता तीन ठुला प्रतियोगिता अर्काे वर्ष गर्ने निर्णय भइसकेको छ । 

कोरोनाले विश्वलाई नै आतकिंत बनाइरहँदा खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहेरै आफुलाई फिट बनाइरहेका छन् । यसबीचमा खेलाडी सरुवाको विषयले सञ्चार माध्यममा स्थान पाइरहेको छ । खेलाडी सरुवा वर्षको दुईपटक मात्रै रहने भएकाले अहिले खेलाडी अनुबन्ध गर्न सकिने अवस्था छैन । तर, समरमा खेलाडी सरुवाको लागि क्लबले अहिले देखि नै तयारी गरिरहेका छन् ।

अहिले मुख्य गरी बार्सिलोनाले दुई स्टार फरवार्ड ब्राजिली नेयमार जुनियर र अर्जेन्टिनी लोउटारो मार्टिनेज अनुबन्धको विषयले चर्चा पाइरहेको छ । बार्सिलोनाले आउदो समरमा यि दुई खेलाडी अनुबन्ध गर्न सक्लान् ? अहिले यो चासोको विषय बनेको छ । बार्सिलोनाले आफ्नो अग्रपङ्तिमा लियोनेल मेस्सीलाई साथ दिनको लागि यि दुई खेलाडीलाई जसरी पनि अनुबन्ध गर्ने योजना बनाएको छ ।

बार्सिलोनाले नेयमार अनुबन्धको लागि यसै सिजन एट्लेटिको मड्रिडबाट अनुबन्ध गरेका एन्टोइन ग्रिजमनलाई फ्रेन्च क्लब पीएसजीमा साटरफेर गर्ने तयारी गरेको छ । मार्टिनेज अनुबन्ध गर्न बार्सिलोनाले औसमाने डेम्वेले र लोनमा बायर्नमा रहेका फिलिपे कौटिन्होलाई बेच्ने योजना बनाएको छ । यसका लागि बार्सिलोनाले २३३ मिलियन पाउन्ड खर्च गर्नुपर्ने हुन्छ । यति रकम खर्च गर्नको लागि बार्सिलोनालाई सम्भव हुने अनुमान गरिएको छ ।

कोरोनाका कारण क्लबलाई आर्थिक संकट पर्न सक्ने भन्दै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरिसकेको छ । तर, क्लबले नेयमार र मार्टिनेजलाई अनुबन्ध तथा मेस्सीको सम्झौता थप्ने तयारी गरिरहेको छ ।  ग्रिजमनले यो सिजन बार्सिलोनामा मन जित्ने खेल पस्कन सकेका छैनन् । डेम्वेले चोटका कारण लगातार मैदान बाहिर र अर्का फरवार्ड लुइस सुआरेज पनि चोटका कारण उपस्थित छैनन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.