default_image

4 years ago

April 3, 2020

सन एक महिना सैन्य तालिममा

एजेन्सी – कोभिड १९ का कारण प्रिमियर लिग बन्द रहेको अवस्थामा टोटेनहमका फरवार्ड दक्षिण कोरियाली सन ह्युङ मिनले एक महिना सैनिक तालिममा बिताउने भएका छन् । दक्षिण कोरियाली सरकारको नियम अनुसार उनले चार साता अनिवार्य सैनिक तालिममा सहभागी हुन लागेका हुन् । दुई वर्ष अघि एसियाली खेलकुदमा कोरियाले फुटबलमा स्वर्ण जितेपछि सरकारले उनलाई सेनामा एक […]

44 views

0 Bookmark

एजेन्सी – कोभिड १९ का कारण प्रिमियर लिग बन्द रहेको अवस्थामा टोटेनहमका फरवार्ड दक्षिण कोरियाली सन ह्युङ मिनले एक महिना सैनिक तालिममा बिताउने भएका छन् । दक्षिण कोरियाली सरकारको नियम अनुसार उनले चार साता अनिवार्य सैनिक तालिममा सहभागी हुन लागेका हुन् ।

दुई वर्ष अघि एसियाली खेलकुदमा कोरियाले फुटबलमा स्वर्ण जितेपछि सरकारले उनलाई सेनामा एक महिनाको सेवा गरे मात्र पुग्ने व्यवस्था गरेको थियो । सामान्य रुपमा कोरियाली नागरिकले अनिवार्य रुपमा कम्तिमा ६ महिना सैनिक प्रशिक्षण गर्नुपर्ने हुन्छ । तर राष्ट्रको लागि योगदान दिएको खण्डमा भने सरकारले उक्त अवधिमा छुट दिँदै आएको छ ।

सनकै कप्तानीमा दक्षिण कोरियाले स्वर्ण जितेपछि टोलीका सबै खेलाडीलाई सैन्य तालिमको अवधि घटाइएको थियो । अप्रिल ३० सम्मका लागि प्रिमियर लिग स्थगति भएपछि टोटेनहमले सनलाई स्वदेश फर्कन अनुमति दिएको थियो । फेब्रुअरी मध्यतिर सनको काँधमा चोट लागेको थियो । अहिले उनी चोटमुक्त हुने प्रयासमा छन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.