default_image

4 years ago

April 6, 2020

चेल्सीको सर्त मन्जुर छैन

एजेन्सी – ब्राजिल तथा इंग्लिस क्लब चेल्सीका मिडफिल्डर विलियनले क्लबसँगको सम्झौता नवीकरण असम्भव रहने बताएका छन् ।  २०१३ देखि लन्डन क्लब चेल्सीमा रहेका विलियनको सम्झौता २०२० जुनमा सकिदैछ । क्लबले ३१ वर्षीय विलियनको सम्झौता २ वर्ष थप्ने तयारी गरिरहेको छ । तर, विलियन क्लबसँग तीन वर्ष सम्झौता हुनुपर्ने माग राखेका छन् । ‘त्यहाँ नयाँ सम्झौता […]

32 views

0 Bookmark

एजेन्सी – ब्राजिल तथा इंग्लिस क्लब चेल्सीका मिडफिल्डर विलियनले क्लबसँगको सम्झौता नवीकरण असम्भव रहने बताएका छन् ।  २०१३ देखि लन्डन क्लब चेल्सीमा रहेका विलियनको सम्झौता २०२० जुनमा सकिदैछ ।

क्लबले ३१ वर्षीय विलियनको सम्झौता २ वर्ष थप्ने तयारी गरिरहेको छ । तर, विलियन क्लबसँग तीन वर्ष सम्झौता हुनुपर्ने माग राखेका छन् । ‘त्यहाँ नयाँ सम्झौता हुने सम्भावना छैन । किनकि मलाई चेल्सीले दुई वर्षको नयाँ सम्झौताका लागि भनेको छ । मैले तीन वर्षको हुनुपर्ने माग राखेको छु,’ विलियनले भने, ‘तर, चेल्सीले मेरो माग पुरा गर्न इच्छुक छैन । त्यसैले मलाई लाग्छ यहाँ सम्झौता नविकरण हुन धेरै गाह्रो छ । सबैलाई थाहा छ । मेरो करार आउदो जुनमा सकिदैछ । मलाई लाग्छ म अब चेल्सीमा रहने छैन ।’

विलियनलाई अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले चासो देखाइरहेको छ । बार्सिलोनाले अर्काे ब्राजिली प्ले मेकर कौटिन्होलाई चेल्सी पठाएर विलियनलाई अनुबन्ध गर्न सक्ने योजना बनाएको छ ।

‘यहाँ के हुन्छ हामीलाई थाहा छैन । हामी सम्झौतामा पनि पुग्न सक्छौं । तर, आजको अवस्थामा म के भन्न सक्छु भने, यो अवस्थामा जुनमा मेरो सम्झौता सकिनेछ । म त्यसपछि स्वतन्त्र हुनेछु । म अन्यत्र कतै जान सक्छु,’ विलियनले भने, ‘मैले चेल्सीमा एकदमै राम्रो समय बिताएको छु । विशेष रुपमा यहाँको समर्थक र यहाँ काम गर्ने मानिसहरु मन पराउछु । मैले यहाँ आफुलाई धेरै व्यवस्थित महसुस गरेको छु ।’

विलियनले यो सिजन ३५ खेलमा ६ गोल गरेका छन् । विलियन २०१३ मा रसियन क्लब एफसी एन्जी माखाच्कालाबाट ३० मिलियन पाउन्डमा चेल्सीमा आएका थिए । त्यसअघि उनले साख्तर डोनेस्कमा ७ सिजन बिताएका थिए । विलियनले चेल्सीबाट २२६ खेलमा ३३ गोल गरेका छन् । उनले चेल्सीबाट दुई पटक इंग्लिस प्रिमियर लिग र समान एकपटक युरोपा लिग, एफए कप र इंग्लिस फुटबल लिग कप जितेका छन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.