9 years ago
July 31, 2016
मेस्सिको कप्तानिमा उत्रेको बार्सिलोनाले सेल्टिक बिरुद्ध अन्तर्राष्ट्रिय च्याम्पियन कपको खेलमा जित हात पारेको छ । डुब्लिनमा भएको अन्तर्राष्ट्रिय च्याम्पियन कप अन्तर्गत्को सिजन पूर्वको खेलमा बार्सिलोना ले ३-१ को जित हात पारेको हो । यो खेल सेल्टिककोलागी आस्टाना बिरुद्धको च्याम्पियन्स लिग खेल अघीको वार्म्-अप खेल पनि रह्यो ।

खेल सुरु भएको १० मिनेटमा नै शानदार रुपले गोल गर्दै टुरानले बार्सिलोनालाई अग्रता दिलाए । त्यस्तै एन्टोनियो मार्टिनेजको रक्षात्मक त्रुटिको फाइदा उठाउदै ग्रीफिथ्सले सेल्टिकको लागी बराबरी गोल फर्काए ।
तर त्यस्को एक मिनेट पछी एफे एम्ब्रोसले विरोधी टोलिको क्रस्मा आफ्नो जालीमा बललाई दिशा दिए पछी बार्सिलोनाले पुन: अग्रता लिने अवसर पायो । त्यस्तै मुनिर मोहमदले ३-१ पार्दै बार्सालाई सहज जित तर्फ लगे।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]