default_image

4 years ago

April 7, 2020

एन्फाद्वारा ललितपुरलाई दुई एम्बुलेन्स सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई सहयोग गरेको छ । एन्फाले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नको लागि सहयोग गरिएको जनाएको छ । अवस्था समान्य भएपछि ललितपुर महानगरले एन्फाको दुई एम्बुलेन्स फिर्ता गर्ने छ । दुई एम्बुलेन्स विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) को फिफा फरवार्ड […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई सहयोग गरेको छ । एन्फाले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नको लागि सहयोग गरिएको जनाएको छ ।

अवस्था समान्य भएपछि ललितपुर महानगरले एन्फाको दुई एम्बुलेन्स फिर्ता गर्ने छ । दुई एम्बुलेन्स विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) को फिफा फरवार्ड फन्डमार्फत प्राप्त भएको हो । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले दुई एम्बुलेन्स ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई हस्तान्तरण गरे । मेयर चिरीबाबु महर्जनले एम्बुलेन्स सहयोग गरेकोमा एन्फालाई धन्यवाद ज्ञापन गरे ।

यसअघि एन्फाले आफ्नो भवनहरु क्वारेन्टाइनको रुपमा प्रयोग गर्नको लागि प्रदान गरिने बताइसकेको छ । रौतहटमा रहेको महिला फुटबल एकेडेमी क्वारेन्टाइनको रुपमा प्रयोगमा आइसकेको छ । अन्य टेक्निकल सेन्टर काठमाडौं, धरान र बुटलको एकेडेमी पनि क्वारेन्टाइनको लागि आवश्यक परेको बेलामा प्रयोग गर्न सकिने एन्फाले जनाएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.