9 years ago
July 31, 2016
काठमाडौं (हाम्रो खेलकुद)-
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रहि सकेका बालगोपाल महर्जनको क्लब ब्रदर्श युनियनले बंगलादेश प्रिमियर लिगमा दोस्रो बराबरी खेलेको छ ।

चटगाँउको एमए अजिज रंगशालामा ब्रदर्श युनियनले शनिबार बिजेएमसीलाई १–१ बराबरीमा रोकेको थियो । दोस्रो हाफको इन्जुरी समयमा नाइजेरियन एनकोचा किङ्सलेले बराबरी गोल गरेपछि ब्रदर्शन युनियनको हार टरेको थियो । त्यसअघि १४ औं मिनेटमा मोख्लेसुन रहमानको गोलबाट बिजेएमसीले अग्रता लिएको थियो ।
गत साता सुरु भएको लिगमा ब्रदर्श युनियनको यो लगातार दोस्रो बराबरी हो । अर्को खेलमा नाइजेरियन अहमद कोलु मुसाको दुई गोलमा मुक्तिजोद्धाले आरमबाग केएसलाई ३–० ले हराएको छ । जितपछि १२ टोली सम्मिलित लिगमा मुक्तिजोद्धा शीर्ष स्थानमा पुगेको छ । महर्जनको टोलीले मंगलबार मुक्तिजोद्धा सामना गर्नेछ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]