5 years ago
April 21, 2020
एजेन्सी – पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो भन्दा बार्सिलोनाका फरवार्ड लियोनलल मेस्सी अब्बल भएको म्यानचेस्टर युनाइटेडका पूर्व स्टार वायन रुनीले बताएका छन् । रुनी र रोनाल्डोको जोडीले युनाइटेडका लागि थुप्रै उल्लेख प्रदर्शन गरेका छन् ।
बार्सिलोना र युनाइटेडबीच सन् २००९ र २०११ को च्याम्पियन्स लिग फाइनलमा भेट भएको थियो । दुवैमा युनाइटेड हारेको थियो । त्यसै दौरान आफुले मेस्सीको क्षमता देखेको रुनीले सुनाए । मेस्सीकै प्रभावशाली प्रदर्शनमा बार्सिलोना च्याम्पियन बनेको थियो ।
‘रोनाल्डो बक्समा एकदमै निर्दयी हुन्छन् । आक्रामक हुन्छन् । तर मेस्सीमा त्यस्तो छैन , ‘उनले भने, ‘उनीबाट जो कोहि पनि प्रभावित हुनेछ । उनले विपक्षीलाई एकदम समस्यामा पार्छन् । उनी एकदमै रमाइला छन् । यी दुई बीच खेल्ने शैली पनि फरक छ । उनीहरु बीच समानता छैन । ‘
रुनीले आफ्नो मित्रता रोनाल्डोसँग भने पनि रोज्नु पर्दा मेस्सी रोज्ने बताएका थिए । उनले भने,’ मेरो लागि जाभी र स्कल्स रोजे जस्तै हो । स्कोल्ससँग म व्यक्तिगत रुपमा नजिक भएपनि जाभी नै खेलाडीका रुपमा अब्बल छन् ।’
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]