default_image

5 years ago

April 22, 2020

ओजिलले तलब कटौती प्रस्ताव नकारे

78 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनलका जर्मन मिडफिल्डर मेसुट ओजिलले क्लबले राखेको तलब कटौतीको प्रस्तावलाई नकारेका छन् । क्लबले सबै खेलाडीलाई तलबको १२.५ प्रतिशत तलब कटाउने प्रस्ताव राखेको थियो ।

ओजिल आर्सनलमा सर्वाधिक कमाउने खेलाडी हुन् । उनको हाल तलब ३ लाख ५० हजार पाउण्ड (५ करोड २८ लाख नेपाली रुपैयाँ) प्रति साता रहेको छ । ओजिलसँगै क्लबका अन्य तीन खेलाडीले पनि तलब कटौतीमा सहमति जनाएका छैनन् । प्रशिक्षक मिकेल आर्टेटाकै आग्रहमा अन्य खेलाडीहरुले भने कटौतीका लागि राजी भएका थिए ।

कोरोना संक्रमणका कारण क्लबहरुमा आर्थिक संकट आएसँगै खेलाडीहरुबाट तलब कटौती गर्ने प्रस्ताव चल्दै आएको छ । इंग्ल्यान्डको व्यावसायिक फुटबलर संघ (पीएफए) ले भने खेलाडीहरुले तलब कटौती गर्नेभन्दा तलब स्थगित गर्नु उचित निर्णय हुने बताएको छ । कतिपय क्लबले खेलाडीहरुको तलब स्थगित पनि गरिसकेका छन् ।

ओजिलका एजेन्ट डाक्टर एर्कुत सोगुतका अनुसार क्लबको आर्थिक अवस्था के छ भन्ने अहिले निर्क्यौल भइसकेको छैन । क्लबले केहि महिनापछि भएपनि नाफा कमाउन सक्ने अवस्था छ । ‘ क्लबले अहिले नै खेलाडीको तलब कटाउनु उचित हुँदैन । क्लबको आम्दानीको स्रोत अहिले बन्द भएको होला तर समग्रमा क्लबले नाफा कमाउँछ नै । खेलाडीहरुले बरु तलब स्थगित गर्नु उचित होला,’ उनले भने ।

ओजिलको यो निर्णयले समर्थकहरु पनि विभाजित भएका छन् । ओजिल यसअघि सामाजिक कार्यमा आबद्ध भइरहने खेलाडीमा पर्छन् । केहि समयअघि मात्र उनले फरक क्षमताका केहि समर्थकलाई आफ्नै खर्चमा खेल हेर्न लगेका थिए । उनले गतवर्ष पनि एक हजार भन्दा बढी मानिसको शल्यक्रिया तथा लाख भन्दा बढी शरणार्थीलाई सिरिया र टर्कीमा गासबासको व्यवस्था गरेका थिए ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.