default_image

5 years ago

April 29, 2020

एन्फाद्धारा राहत समिति गठन

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –कोरोना भाइरस (कोभिड–१९) को कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना सदस्य संस्थाहरुलाई राहत वितरण गर्न ३ सदस्यीय राहत तथा सहयोग समन्वय समिति गठन गरेको छ ।

एन्फाको बुधबार बसेको भिडियो कन्फरेन्स बैठकले स्वास्थ्य समितिका संयोजक समेत रहेका एन्फा केन्द्रिय सदस्य रत्न कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय राहत तथा सहयोग समन्वय समिति गठन गरेको हो । समितिको सदस्यमा उत्तम कुमार भण्डारी र रुपेश अधिकारी छन् ।

एन्फाको बैठकले संघमा आबद्ध सम्पुर्ण सदस्य संस्थाहरु (जिल्ला फुटबल संघ, ए, बी र सी डिभिजनका क्लब, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला संघ) संकटग्रस्त फुटबलकर्मीको सुची निर्धारण गरी सचिवालयमा बुझाउने र सचिवालयमा प्राप्त भएको ५ दिन भित्र सुचीलाई आवश्यक प्रमाणिकरण गरी राहत तथा सहयोग उपलब्ध गराउने जनाएको छ ।

विश्वमा लाखौ मानिसहरु संक्रमित भएसँगै नेपालमा पनि क्रमिक रुपमा संक्रमितहरुको संख्या बढिरहेको अवस्थामा नेपाल सरकारले लकडाउन (बन्दाबन्दी) गरेको छ । यसले नेपालमा फुटबल गतिविधि स्थगित हुँदा खेलेर अनि खेलाएरै जीविकोपार्जन गर्छु भन्ने खेलाडी, रेफ्री र प्रशिक्षकलगायत अन्य फुटबलकर्मी प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा विश्वभरीका फुटबलकर्मीहरु एक परिवारको रुपमा सामुहिक गतिविधि गर्दै आएको हुनाले विश्व फुटबल महासंघ (फिफा) बाट पनि यो अवस्थामा आफ्दा सदस्य संघहरुलाई सहयोग गर्न कटिबद्ध रहेको अवस्थामा नेपालका फुटबल कर्मीहरुलाई आइपरेको समस्या वा संकट पहिचान गरि एन्फाले आवश्यक राहत वा सहयोग गर्न एन्फा तयार रहेको उल्लेख छ ।

एन्फालाई यसअघि फिफाले कोरोनाबाट निम्तिने आर्थिक संकट टार्न ५ लाख अमेरिकी डलर (६ करोड रुपैयाँ) सहयोग गरेको छ । त्यस्तै फिफाले सन् २०१९ र २०२० को फिफा फरवार्ड कार्यक्रम लगायत अन्य शीर्षकमा आउने अनुदान पनि तुरुन्त उपलब्ध गराउने बताएको छ ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.