5 years ago
May 1, 2020
काठमाडौं (हाम्रो खेलकुद)– दायाँ आँखामा गम्भिर चोट लागेर विरानगर आँखा अस्पतालमा उपचार गराइरहेकी महिला फुटबल खेलाडी समिक्षा मगरलाई विराट सांग्रिला स्पोर्टिङ क्लबले आर्थिक सहयोग गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रुपेश अधिकारी अध्यक्ष रहेको क्लबले उपचारका लागि शुक्रबार २५ हजार रुपैयाँ सहयोग गरेको छ । उदयपुरको बेलका नगरपालिका ५ की समिक्षाको आँखामा वैशाख १२ गते बारीमा काम गर्ने क्रममा चोट लागेको थियो ।
आर्थिक अवस्था कमजोर भएकोले क्लबले सहयोग गरेको अध्यक्ष अधिकारीले बताए । क्लबका सचिव काशी पराजुली र कोषाध्यक्ष दीपेन थापाले अस्पताल पुगेर समिक्षाका बाबुलाई रकम हस्तान्तरण गरेका थिए ।
समिक्षाकी प्रशिक्षक भगवती रानामगरका अनुसार आँखामा गम्भिर चोट लागेको र त्यहँ उपचार सम्भव नभए काठमाडौं लाने योजना रहेको बताइन् । उनका अनुसार वैशाख १२ गते कोदालोले बारी खन्ने क्रममा ढुंगा उछिट्टिएर उनको आँखामा चोट लागेको थियो ।
तर चोट लागेको भोली पल्ट मात्र उनलाई उपचारका लागि विराटनगर लगिएको थियो । ‘डक्टरहरुले गम्भिर खालको चोट छ भन्नुभएको छ,’ उनले भनिन्, ‘सायद थप उचारका लागि काठमाडौं लानुपर्ने हुन सक्छ ।’
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]