5 years ago
May 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – घरमा काम गर्ने शिलशिलामा आँखामा गम्भीर चोट लागेकी यु–१६ महिला फुटबल खेलाडी समिक्षा मगरलाई नेपाली महिला राष्ट्रिय टोली र नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आर्थिक सहयोग गरेका छन् ।
शनिबार महिला विभाग प्रमुख तथ महिला राष्ट्रिय फुटबल टोलीका पुर्व प्रशिक्षक हरि खड्का, अफिसियल र नेपाली राष्ट्रिय महिला टोलीले समिक्षालाई ५० हजार रुपैया सहयोग गर्ने घोषणा गरेको हो । यस्तै नेपाली राष्ट्रिय पुरुष टिमले ३० हजार र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल नेपाली यु–२३ पुरुष टिमले १० हजार रुपैया सहयोग गरिएको साग पुरुष टोलीका कप्तान तथा राष्ट्रिय टोलीका सदस्य सुजल श्रेष्ठले जानकारी गराए ।
पूर्व प्रशिक्षक खड्काले सामाजिक सन्जाल फेसबुकमा उपचाररत युवा महिला खेलाडीलाई महिला विभाग, खेलाडी तथा अफिसियलबाट संयुक्त रुपमा सहयोग गर्ने घोषणा गरेका हुन् । समीक्षाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ ।
समिक्षालाई यसअघि शुक्रबार एन्फा र विराट सांग्रिला स्पोर्टिङ क्लबले समान २५ हजार रुप्रया आर्थिक सहयोग गरेको थियो ।समिक्षाको उदयपुरस्थित घरको बारीमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो । उनको आँखाको अप्रेसन गर्ने तयारी भईरहेको छ । उनले विद्यालयस्तरीय क्विक्स कप खेलेकी थिइन् ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]