default_image

5 years ago

May 5, 2020

बार्सिलोना जान नेयमार तलव कटौती गर्न तयार

89 views

0 Bookmark

एजेन्सी – ब्राजिली स्टार नेयमार पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट क्याटलान क्लब बार्सिलोना फर्कनको लागि आफ्नो पारिश्रमिकको ५० प्रतिशत कटौती गर्न तयार रहेका छन् ।

नेयमार पछिल्लो एक बर्षदेखि निरन्तर बार्सिलोना फर्कने चर्चा चलेको छ । गत सिजन अनुबन्ध नजिक पुगेर पनि अन्तिम समयमा रोकिएको थियो । पीएसजीले बार्सिलोनालाई नेयमारको मुल्य १७५ मिलियन पाउण्ड तोकेको छ । तर, पछिल्लोपटक नेयमार बार्सिलोनामा फर्कनका लागि आफ्नो तलव ५० प्रतिशत कटौती गर्नपनि तयार रहेको बताइएको छ ।

पीएसजीमा नेयमारले सातामा ६ लाख पाउण्ड लिदै आएका छन् । तर, बार्सिलोनामा गएमा उनले साताको ३ लाख तलव पाएपनि राजि हुने बताएका छन् । २८ वर्षे नेयमार २०१७ मा बार्सिलोनाबाट १९८ मिलियन पाउण्डमा पीएसजी पुगेका थिए । बार्सिलोना जाने मनासयमा रहेका नेयमारले पीएसजीले नयाँ सम्झौता प्रस्तावलाई अस्वीकार गरेका छन् ।

पीएसजीले उनलाई क्लवमा नै रहनका लागि २०२५ सम्मको लागि ९० मिलियन पाउन्डको अफर गरेको थियो । तर, क्लवको प्रस्तावलाई अस्वीकार गरेपछि उनी बार्सिलोना फर्कनेमा पुर्ण तयार रहेको बुझिएको छ । पीएसजीमा नेयमारको सम्झौता २०२२ सम्म छ ।

फ्रेन्च लिग वानको सिजनको बाँकी १० चरणको खेल बाँकी रहँदै लिग वान आयोजकले अंकको आधारमा पीएसजीलाई लिग वान च्याम्पियन घोषणा गरिसकेको छ । पीएसजीमा नेयमारले यो सिजन २२ खेलमा १८ गोल गरेका छन् ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.