default_image

6 years ago

May 11, 2020

पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्जितलाई कोरोना संक्रमण

305 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइसको संक्रमण भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले फेसबुकमा भिडियो अपलोड गर्दै आफुलाई कारोना पोजेटिभ देखिएको बताएका छन् । उनले सेल्फ आइसोलेसनमा बसेको जनाएका छन् ।

‘ सेल्फ आइसोलेसनमा छु । मलाई कोरानको पोजेटिमभ छ । खासै त्यस्तोको त केहि जस्तो लागेको छैन । तातो पानी खान्छु । ब्यालेन्स डाइटमा बसेको छु । प्यानिक भाको होला सबै कोरोना भाइरसका कारण, उनले अगाडि भनेका छन्, तर आत्तिनुपर्ने केहि छैन । मलाई भएको भएको चार पाँच दिन भयो । कफ केहि छैन । कहिले काहि ड्राइ कफ हुन्छ । रुममा बसेको छु । खाना खान्छु । जगिङ गर्दै बसेको छु । ’

पूर्व मिडफिल्डर रञ्जितले भिडियो मार्फत नआत्तिनमा पनि सुझाव दिएका छन् । उनले भनेका छन्, फेसबुकमा मरो जति पनि साथी भाई हुनुहुन्छ नडराउनु होला । डराउनु पर्ने खालको छैन । नर्मल लिदा हुन्छ । आफुले बार्नु पर्छ । फेरि मेरो सेकेन्ड रिजल्ट के आउँछ भन्छु । फेरि भिडियो पोष्ट गर्नुछ ।’

 

संक्रमण देखिएपछि रञ्जितसँग सम्पर्क भएको बाबु नारायण श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी दिए । ‘म्यासेन्जरमार्फत कुरा भएको थियो । पहिलो टेष्टमा पोजेटिभ देखिएपछि कम्पनीले नै आइसोलेसनमा राखेको भनेको छ,’ झापा भद्रपुरका स्थायी बासिन्दा श्रेष्ठले भने, ‘त्यस्तो केहि अप्ठेरो भएको छैन । दोस्रो टेष्ट कस्तो आउँछ हेरौं भनेको छ ।’

रञ्जित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका खेलाडी हुन् । सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा रहेका रञ्जित राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासका समकालिन हुन् । फ्रेन्ड्स क्लब र एनआरटीबाट व्यवासयिक फुटबल खेलेका रञ्जित नेपाली यू १६ का पूर्व कप्तान हुन् । उनको भाई रुपक श्रेष्ठ पनि सोही व्याचका खेलाडी हुन् । रञ्जित केहि वर्ष दक्षिण कोरियामा पनि बसेका थिए ।

https://www.facebook.com/ranjit.stha.71/videos/3267728636623303/

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.