default_image

4 years ago

May 17, 2020

क्लबलाई जानकारी नदिई घर जाँदा ७८ लाख जरिवाना

एजेन्सी – स्पेनिस क्लब सेल्टा डि भिगोका विंगर पियोन सिस्टो लिग स्थगित भएपछि स्पेनको लकडाउन नीति तोड्दै आफ्नो देश डेनमार्क पुगेका थिए । क्लबलाई खबर नगरि घर फर्किएका उनलाई सेल्टाले ६० हजार युरो (झन्डै ७८ लाख नेपाली रुपैयाँ) जरिवाना गरेको छ । सबै खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहँदा सिस्टोले स्पेनको लकडाउन नीति तोड्दै झन्डै २ हजार […]

39 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब सेल्टा डि भिगोका विंगर पियोन सिस्टो लिग स्थगित भएपछि स्पेनको लकडाउन नीति तोड्दै आफ्नो देश डेनमार्क पुगेका थिए । क्लबलाई खबर नगरि घर फर्किएका उनलाई सेल्टाले ६० हजार युरो (झन्डै ७८ लाख नेपाली रुपैयाँ) जरिवाना गरेको छ ।

सबै खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहँदा सिस्टोले स्पेनको लकडाउन नीति तोड्दै झन्डै २ हजार किलोमिटर दुरी पार गर्दै डेनमार्क पुगेका थिए । कोप भिगोका अनुसार उनी २६ घन्टाको लामो कार यात्रा आफैं तय गर्दै डेनमार्क पुगेका थिए । स्पेनिस लिग सुचारु हुने तयारी भएसँगै उनी स्पेन फर्किएका छन् ।

स्पेन फर्किएपनि उनलाई प्रशिक्षणमा भने सामेल गराइएको छैन । सेल्टाले सोमबारदेखि सामुहिक प्रशिक्षण सुरु गर्दैछ । खेलाडीहरुमा दोस्रो चरणको परिक्षण पनि नेगेटिभ आएपछि प्रशिक्षणका लागि खेलाडीहरु समुहमा जान सक्ने प्रावधान रहेको छ ।

डेनमार्कबाट फर्किएका सिस्टो पहिलो चरणको परिक्षणमा सहभागी थिएनन् । उनले दोस्रो चरणको परिक्षणमा भने सहभागिता जनाए । प्रशिक्षक ओस्कार गार्सियाले सिस्टो आफैंले प्रशिक्षणमा सहभागी हुन नचाहेको बताए । क्लबका अध्यक्ष कार्लोस मोरिनोले पनि सिस्टोले क्लबसँग समन्वय नगरी आफ्नो समस्या नाबताउँदा केहि कठिनाइ भएको स्वीकारे ।

२५ वर्षीय सिस्टोले यो सिजन १९ खेलमा दुई गोल गरेका छन् । २०१५ देखि डेनमार्क टोलीमा रहेका सिस्टोले २१ खेलमा १ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।  विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्पेनिस लिग स्थगित छ । सेल्टा डि भिगो २७ अंक जोडेर रेलिगेसन जोनभन्दा १ स्थान माथि छ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.