default_image

4 years ago

May 22, 2020

ला लिगा १२ जुनबाट शुरु हुने, सेभिया र रियल बेटिसबीच पहिलो खेल

एजेन्सी – स्पेनिस ला लिगा १२ जुनदेखि शुरु हुने भएको छ । सेभिया र रियल बेटिसबीच ला लिगाको पहिलो खेल हुने स्पेनिस ला लिगा आयोजकले जनाएको छ ।    ला लिगा आयोजकले यसबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि २८ मेमा बस्ने बैठकले निर्णय गर्नेछ । बैठकले सिजनको बाँकी रहेको खेलको तालिका तथा अर्काे सिजनको खेलको मिति […]

45 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा १२ जुनदेखि शुरु हुने भएको छ । सेभिया र रियल बेटिसबीच ला लिगाको पहिलो खेल हुने स्पेनिस ला लिगा आयोजकले जनाएको छ । 

 

ला लिगा आयोजकले यसबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि २८ मेमा बस्ने बैठकले निर्णय गर्नेछ । बैठकले सिजनको बाँकी रहेको खेलको तालिका तथा अर्काे सिजनको खेलको मिति घोषणा गर्न सक्नेछ । सेभियाका खेलकुद निर्देशक मोन्चीले स्पेनमा फुटबल फिर्ताको लागि उत्सुक रहेको र सेभिया र रियल बेटिसबीचको डर्वी खेल शानदार हुने बताएका छन् ।

 

स्पेनिस क्लबहरुले गएको सोमबारदेखि कम्तीमा १० जनाको समूह बनाएर नन कन्ट्याक्ट प्रशिक्षण शुरु गरिसकेको छ । ला लिगाका अध्यक्ष जेभियर टेवासले ला लिगाका बाँकी रहेका खेलहरु सकाउने र हरेक दिन खेल गराउने योजना अघि सारेको थियो ।

ला लिगामा अझै ११ चरणको खेल बाँकी रहेको छ । ११ चरण खेल बाँकी रहँदा बार्सिलोना ५८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ५६ अंक जोडेर रियल म्याड्रिडले बार्सिलोनालाई पछ्याइरहेको छ । ला लिगा पुनः सुचारु गर्नको लागि ला लिगाले स्पेनको शीर्ष दुई डिभिजनको खेलाडीको कोरोना भाइरस परिक्षण गरेको थियो । जसमा ५ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

जर्मन बुन्डेस लिगा गत सातादेखि बन्द रंगशालामा शुरु भइसकेको छ । स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ ले जर्मन बुन्डेस लिगालाई पछ्याउदै फुटबल सुचारु गर्ने योजना बनाइरहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.