default_image

4 years ago

May 22, 2020

‘हाजार्डले रियलमा ब्यालोन डी’ओर जित्नेछन्’

एजेन्सी – बेल्जियन राष्ट्रिय फुटबल टोली तथा स्पेनिस क्लब रियल म्याड्रिडका विंगर इडेन हाजार्डले स्पेनिस क्लबमा रहेर ब्यालोन डी’ओर जित्न सक्ने बेल्जियम राष्ट्रिय टोलीका प्रशिक्षक रोबर्टो मार्टिनेजले बताएका छन् । यसै सिजन रियल म्याड्रिड आएका हाजार्डले चोटका कारण अपेक्षित सुरुवात गर्न सकेका छैनन् । तर मार्टिनेजका अनुसार २९ वर्षीय फरवार्डले रियलमा सफलता हासिल गर्ने बताउँछन् […]

47 views

0 Bookmark

एजेन्सी – बेल्जियन राष्ट्रिय फुटबल टोली तथा स्पेनिस क्लब रियल म्याड्रिडका विंगर इडेन हाजार्डले स्पेनिस क्लबमा रहेर ब्यालोन डी’ओर जित्न सक्ने बेल्जियम राष्ट्रिय टोलीका प्रशिक्षक रोबर्टो मार्टिनेजले बताएका छन् ।

यसै सिजन रियल म्याड्रिड आएका हाजार्डले चोटका कारण अपेक्षित सुरुवात गर्न सकेका छैनन् । तर मार्टिनेजका अनुसार २९ वर्षीय फरवार्डले रियलमा सफलता हासिल गर्ने बताउँछन् । सुरुवात राम्रो हुन नसकेपनि हाजार्डले आउने दिनमा लाय समात्दै प्रभाव जमाउने उनको बुझाइ छ ।

‘हाजार्ड सफल हुनेछन् । कहिलेकाहिं नयाँ क्लबमा गएपछि आफ्नो प्रदर्शन देखाउन कठिन हुन सक्छ । रियल म्याड्रिडजस्तो क्लबबारे बुझ्न नै पनि केहि समस्या हुनसक्छ,’ उनले भने, ‘ समर्थकहरु ढुक्क भए हुन्छ, हाजार्डले नयाँ अध्याय लेख्नेछन् । उनीजस्तो अरु खेलाडी छैन । उनले रियलमा ब्यालोन डी’ओरे जित्ने क्षमता राख्दछन् ।’

मार्टिनेजका अनुसार लकडाउनको समयमा हाजार्डले चोटमुक्त हुन पनि उचित समय पाएका छन् । ‘ हाजार्ड एकदम खुसी र सन्तुष्ट छन् । उनले जुन निर्णय लिए, त्यो सहि थियो,’ उनले भने, ‘चोटका कारण सुरुवात कमजोर भएपनि अब उनी फर्केका छन् । अब सिजनको अन्त्य उनले उत्कृष्ट गर्नेछन् ।’

मार्टिनेजले बुधबार मात्र सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपसम्मका लागि बेल्जियमको राष्ट्रिय टोलीसँग सम्झौता नविकरण गरेका छन् । सन् २०१६ मा बेल्जियम राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका मार्टिनेजले विश्वकपमा ऐतिहासिक नतिजासम्म डोर्याएका थिए ।

मार्टिनेजको नेतृत्वमा बेल्जियमले विश्वकपमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको थियो । यो नै बेल्जियमको विश्वकप फुटबलमा सर्वोत्कृष्ट नतिजा हो । बेल्जियम सेमिफाइनलमा उपाधि विजेता फ्रान्ससँग पराजित हुन पुगेको थियो । तेस्रो स्थानको खेलमा भने बेल्जियमले इंग्ल्यान्डलाई पराजित गरेको थियो ।

हालको बेल्जियम टोलीलाई देशको फुटबल इतिहासकै स्वर्ण युग मानिन्छ । यसअघि मार्टिनेजको सम्झौता २०२० को युरोसम्म मात्र जारी रहने थियो । उनको निरन्तर राम्रो प्रदर्शनले टोली हाल विश्व वरीयतामा पनि शीर्ष स्थानमा रहेको छ ।

बेल्जियमले विश्वकप छनोटमा खेलेका सबै १० खेल जित्दै +३७ गोलको फराकिलो गोलअन्तर पनि दर्ता गरेको थियो । बेल्जियमलाई अर्को वर्ष हुने युरोको उपाधि दावेदारको रुपमा हेरिएको छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.