default_image

4 years ago

May 23, 2020

गोलरक्षक स्टेगेनले बार्सिलोनामा सम्झौता लम्ब्याउने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पहिलो रोजाईका जर्मन गोलरक्षक मार्क आन्द्रे टेर स्टेगेनले क्लबसँगको सम्झौता नवीकरण गर्न सहमत भएका छन् । स्टेगनले कम्तीमा पनि थप तीन वर्ष बार्सिलोनासँग सम्झौता नवीकरण गर्न सहमत भएको बुझिएको छ ।  बार्सिलोनामा स्टेगनको सम्झौता २०२२ सम्म रहेको थियो । नयाँ सम्झौता भएको खण्डमा स्टेगन २०२५ सम्म बार्सिलोनामा रहनेछन् । नयाँ […]

152 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पहिलो रोजाईका जर्मन गोलरक्षक मार्क आन्द्रे टेर स्टेगेनले क्लबसँगको सम्झौता नवीकरण गर्न सहमत भएका छन् । स्टेगनले कम्तीमा पनि थप तीन वर्ष बार्सिलोनासँग सम्झौता नवीकरण गर्न सहमत भएको बुझिएको छ । 

बार्सिलोनामा स्टेगनको सम्झौता २०२२ सम्म रहेको थियो । नयाँ सम्झौता भएको खण्डमा स्टेगन २०२५ सम्म बार्सिलोनामा रहनेछन् । नयाँ सम्झौता अनुसार उनको पारिश्रमिक पनि वृद्धि हुनेछ ।

पछिल्लो समय बार्सिलोना र स्टेगनबीच सम्बन्ध चिसिएपछि क्लबले स्टेगनलाई बेच्ने तयारी समेत थियो । स्टेगन जर्मन क्लब बायर्न म्युनिखसँग जोडिएका थिए । बायर्नले उनलाई अनुबन्ध गर्न ९० मिलियन पाउण्ड खर्चन तयारी गरेको थियो । तर, बायर्नले बिहीबार मात्रै आफ्नो पहिलो रोजाईका गोलरक्षक म्यानुयल नोएरसँग सम्झौता नवीकरण गरेपछि स्टेगनको बायर्न जाने सम्भावना सकिएको हो ।

२८ वर्षे स्टेगेन २०१४ मा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकबाट ६३ मिलियन पाउन्डमा बार्सिलोना आएका थिए । त्यतिबेला भिक्टर भाल्डेज र जोसे म्याुनयल पिन्टोले क्लब छाडेपछि स्टेगन बार्सिलोनाको पहिलो रोजाईका गोलरक्षक रहँदै आएका छन् । जर्मनी राष्ट्रिय टोलीका सदस्यसमेत रहेका स्टेगनले बार्सिलोनाका लागि २२४ खेल खेलिसकेका छन् ।

उनले बार्सिलोनाबाट समान चार पटक ला लिगा र कोपा डेल रे, दुईपटक स्पेनिस सुपर कोपा र समान एकपटक युइएफए च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप जितेका छन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.