4 years ago
May 23, 2020
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत धेरै पटक गोलमा आबद्ध हुने कीर्तिमानमा रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करीम बेन्जेमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीभन्दा मात्र पछाडी छन् । बेन्जेमा च्याम्पियन्स लिगमा हालसम्म ६४ गोल र २७ असिस्ट दिँदै कुल ९१ पटक गोलमा आबद्ध भएका छन् । उनलाई रियलका पूर्व कप्तान राउल गोन्जालेजले ८७ र जर्मन क्लब […]
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत धेरै पटक गोलमा आबद्ध हुने कीर्तिमानमा रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करीम बेन्जेमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीभन्दा मात्र पछाडी छन् ।
बेन्जेमा च्याम्पियन्स लिगमा हालसम्म ६४ गोल र २७ असिस्ट दिँदै कुल ९१ पटक गोलमा आबद्ध भएका छन् । उनलाई रियलका पूर्व कप्तान राउल गोन्जालेजले ८७ र जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले ७९ गोलमा आबद्ध हुँदै पछ्याइरहेका छन् । समग्रमा बेन्जेमा रोनाल्डो र मेस्सीभन्दा पछाडी तेस्रो स्थानमा छन् ।
हाल युभेन्टसका लागि खेलिरहेका क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अधिपत्य नै जमाएका छन् । म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका लागि गरेर कुल ५ पटक उपाधि जितेका उनले प्रतियोगितामा सबैभन्दा धेरै गोल गरेका छन् । उनले १ सय २९ गोल र ४० असिस्टसहित कुल १ सय ६९ गोलमा आबद्ध भएका छन् ।
क्याटलान क्लब बार्सिलोनाका लिओनेल मेस्सी यस सूचिको दोस्रो स्थानमा छन् । मेस्सीले १ सय १४ गोल र ३५ असिस्ट प्रदान गर्ने क्रममा १ सय ४९ गोलमा सिधै आबद्ध भएका छन् । च्याम्पियन्स लिगमा अझैपनि दुवै रोनाल्डो र मेस्सीको क्लबको खेल बाँकी रहेको छ । यूईएफएले अगस्टको ७ तारिखदेखि खेल सुचारु गर्ने तयारी गरिरहेको बुझिएको छ ।
बेन्जेमा प्रतियोगितामा सर्वाधिक गोल गर्ने फ्रान्सेली खेलाडी पनि हुन् । उनले दोस्रो स्थानमा रहेका फरवार्ड थिएरी हेनरीलाई १३ गोलले पछाडी पारेका छन् । बार्सिलोनाबाट खेल्दै च्याम्पियन्स लिग जितेका हेनरीले प्रतियोगितामा ५१ गोल गरेका छन् । उनले त्यसअघि आर्सनलका लागि समेत खेलेका थिए ।
बेन्जेमा रियल म्याड्रिडका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने सुचिमा पनि तेस्रो स्थानमा छन् । उनले रियलका लागि ५२ गोल गरेका छन् । यस सुचिमा क्रिस्टियानो रोनाल्डो १ सय ५ गोलसहित शीर्षस्थानमा छन् भने पूर्वकप्तान राउल ६६ गोलसहित दोस्रो स्थानमा छन् । बेन्जेमाले यसै सिजन अल्फ्रेडो डी स्टेफानोले राखेको ४९ गोलको कीर्तिमान तोडेका थिए ।
च्याम्पियन्स लिगमा गोलमा आबद्ध हुने शीर्ष १० खेलाडी :
१. क्रिस्टियानो रोनाल्डो
खेल : १ सय ७३
गोल : १ सय २९
असिस्ट : ४०
कुल १ सय ६९ गोलमा आबद्ध
२. लिओनेल मेस्सी
खेल : १ सय ४१
गोल : १ सय १४
असिस्ट : २५
कुल १ सय ४९ गोलमा आबद्ध
३. करीम बेन्जेमा
खेल : १ सय १९
गोल : ६४
असिस्ट : २७
कुल ९१ गोलमा आबद्ध
४. राउल गोन्जालेज
खेल : १ सय ४४
गोल : ७१
असिस्ट :१६
कुल ८७ गोलमा आबद्ध
५. रोबर्ट लेवान्डोस्की
खेल : ८६
गोल : ६४
असिस्ट :१५
कुल ७९ गोलमा आबद्ध
६. रुड भान निस्टलरोय
खेल : ८६
गोल : ६०
असिस्ट : १६
कुल ७६ गोलमा आबद्ध
७. ज्लाटन इब्राहिमोभिच
खेल : १ सय २३
गोल : ४९
असिस्ट : २६
कुल ७५ गोलमा आबद्ध
८. आन्द्रे सेभचेन्को
खेल :१ सय १६
गोल : ५९
असिस्ट : १३
कुल ७२ गोलमा आबद्ध
९. थिएरी हेनरी
खेल : १ सय १५
गोल :५१
असिस्ट : १६
कुल ६७ गोलमा आबद्ध
१०. थोमस मुलर
खेल : १ सय १३
गोल : ४४
असिस्ट : २०
कुल ६४ गोलमा आबद्ध
April 19, 2024
एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]
April 19, 2024
एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]
April 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]