default_image

4 years ago

May 23, 2020

मेस्सी स्पेन छाड्न चाहन्थे

एजेन्सी – सुपर स्टार लियोन मेस्सीले बार्सिलोनामा १८ वर्ष बताइसकेका छन् । उनले आफ्नो खेल जीवनमा भर सोही क्लबको जर्सी लगाने अपेक्षा गरिएको छ । तर एकपटक भने उनले बार्सिलोना छाड्ने मनसाय बनाएको यसअघि नै स्विकार गरेका छन् । सन् २०१७ मा उनले क्लब छाड्न चाहेको बताएका थिए । ३२ वर्षे अर्जेन्टिनले स्पेनिस सरकारले उनलाई […]

39 views

0 Bookmark

एजेन्सी – सुपर स्टार लियोन मेस्सीले बार्सिलोनामा १८ वर्ष बताइसकेका छन् । उनले आफ्नो खेल जीवनमा भर सोही क्लबको जर्सी लगाने अपेक्षा गरिएको छ ।

तर एकपटक भने उनले बार्सिलोना छाड्ने मनसाय बनाएको यसअघि नै स्विकार गरेका छन् । सन् २०१७ मा उनले क्लब छाड्न चाहेको बताएका थिए । ३२ वर्षे अर्जेन्टिनले स्पेनिस सरकारले उनलाई कर छलीको आरोप लगाएपछि उनले क्लब विकल्पको बारेमा सोचेको बताए ।

सन् २००७ देखि २००९ को बीचमा ४.१ मिलियन युरो कर छलि गरेको आरोप मेस्सी र उनका बाबुलाई लागेको थियो । जसका कारण मेस्सीलाई २१ महिनाको जेल तोकिएको थियो । पछि उनको जरिवाना २ सय ५२ हरा युरोमा घटाइएको थियो । मेस्सीले स्पेनले अपमान गरेकोले देश छाड्न चाहेको बताएका थिए ।

‘मैले त्यति बेला बार्सिलोना होइन स्पेन छाड्न चाहेको थिए । मलाई लाग्यो कि म माथि अपमान भएको थियो । त्यसले मलाई बस्न मन थिएन’, उनले भने, ‘मलाई औपचारिक रुपमा कतै बाट प्रस्ताव आएको थिएन । सबैलाई थाहा थियो म यहि रहन चाहन्थे ।’

कर छलिका विषयमा उनले आफ्नो अन्तवार्ताका क्रममा भनेका थिए, ‘त्यो समय मलाई र मेरो परिवारका लागि कठिन समय थियो । मान्छेलाई के भइरहेको थियो भन्ने पनि थाहा थिएन । बच्चाहरु सानै भएका कारण त्यो विषयले धेरै फरक परेन ।’

Messi sad

अहिले सबै वातावरण बदलिएको छ । उनी खेल जीवनको अन्तिम सम्म बार्सिलोनमै रहनेछन् । ‘अब हामी यहि रहन्छौं । यो क्लब मेरो लागि परिवार जस्तै हो’, उनले भने, ‘हामीलाई यो सहरको आदत छ । बच्चाहरु पनि रमाइरहेका छन् । म सिमित साथीहरुको बीचमा रमाउँछु ।’

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.