default_image

4 years ago

May 23, 2020

डर्टमन्डलाई वल्फस्बर्गको चुनौती, बायर्नले फ्रान्कफर्टसँग खेल्दै

एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच उच्च सतर्कता अपनाएर गत सातादेखि शुरु भएको जर्मन बुन्डेसलिगामा आज (शनिबार) पाँच खेल हुँदैछ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले वल्फस्बर्गको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि हुनेछ । अवे मैदानमा वल्फस्बर्गलाई पराजित गर्दै डर्टमन्ड उपाधि होडमा कायमै रहन चाहन्छ । विश्व फुटबलमा […]

40 views

0 Bookmark

एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच उच्च सतर्कता अपनाएर गत सातादेखि शुरु भएको जर्मन बुन्डेसलिगामा आज (शनिबार) पाँच खेल हुँदैछ ।

दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले वल्फस्बर्गको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि हुनेछ । अवे मैदानमा वल्फस्बर्गलाई पराजित गर्दै डर्टमन्ड उपाधि होडमा कायमै रहन चाहन्छ । विश्व फुटबलमा सबैको ध्यान खिच्न सफल नर्वेजियन युवा फरवार्ड अर्लिङ ब्राउट हालान्ड र इंग्लिस जाडोन सान्चो टोलीका लागि मुख्य हतियार हुनेछन् ।

गत जनवरीमा अष्ट्रियन क्लब साल्जवर्गबाट डर्टमन्ड आएयता हालान्डले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । हालान्डले त्यसयता १२ खेलमा १३ गोल गरिसकेका छन् । त्यसैले वल्फस्बर्गविरुद्ध पनि हालान्डमा नजर रहनेछ । यता, वल्फस्बर्ग घरेलु मैदानमा हुने खेलमा डर्टमन्डलाई पराजित गर्ने दाउमा हुनेछ ।

यसअघिको खेलमा डर्टमन्डले साल्केमाथि ४–० को सानदार जित निकाल्दा वल्फस्बर्गले अग्सबर्गलाई २–१ ले पराजित गरेको थियो । वल्फस्बर्गलाई पराजित गर्न सके डर्टमन्डले शीर्षस्थानको बायर्नसँगको अंक दुरी छोट्याउने छ । डर्टमन्ड २६ खेलबाट ५४ अंक जोडेर दोस्रो स्थानमा तथा वल्फस्बर्ग ३९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

आज राति नै शीर्षस्थानमा रहेको बायर्न म्युनिखले घरेलु मैदानमा फ्रान्कफर्टलाई आतिथ्यता गर्दैछ । खेल राति १०ः१५ बजे हुनेछ । घरेलु मैदानमा जित निकाल्दै बायर्न उपाधि होड थप बलियो बनाउन चाहन्छ । बराबरी वा हारले पनि बायर्न शीर्षस्थानमा नै रहनेछ ।

जित निकाल्न सकेको अवस्थामा बायर्नले कम्तिमा ४ अंकको अग्रता बनाउनेछ । बायर्नले २६ खेलमा ५८ अंक जोडेको छ । २८ अंक जोडेको फ्रान्कफर्ट १३ औं स्थानमा रहेको छ ।

अन्य खेल :

बोरुसिया मोन्चेनग्लाडबाक विरुद्ध  बायर लिभरकुसेन

फ्राइबर्ग विरुद्ध वेर्डर ब्रेमेन

पाडेरबर्न विरुद्ध होफेनहाइम

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.