default_image

4 years ago

May 25, 2020

ला लिगा २०१९/२० : कस्तो छ अवस्था?

एजेन्सी – स्पेनिस ला लिगा पनि कोरोना संक्रमणको स्थगनपछि फर्कने लगभग पक्का भएको छ । जुन ८ देखि लिग सुरु गर्न सरकारले स्वीकृति दिएपछि लिगले जर्मन बुन्डेसलिगाको पथ पछ्याउने भएको छ । मार्च १२ मा रियल म्याड्रिडको बास्केटबल टोलीमा संक्रमण देखिएपछि लिग स्थगित भएको थियो । अब जुन ८ मा लिग सुचारु हुँदा ४३ दिनको […]

42 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा पनि कोरोना संक्रमणको स्थगनपछि फर्कने लगभग पक्का भएको छ । जुन ८ देखि लिग सुरु गर्न सरकारले स्वीकृति दिएपछि लिगले जर्मन बुन्डेसलिगाको पथ पछ्याउने भएको छ ।

मार्च १२ मा रियल म्याड्रिडको बास्केटबल टोलीमा संक्रमण देखिएपछि लिग स्थगित भएको थियो । अब जुन ८ मा लिग सुचारु हुँदा ४३ दिनको अन्तरमा सबै क्लबका ११ खेल बाँकी रहेको अवस्था छ । यसपटक लिग उपाधि, युरोपेली छनोट र रेलिगेसन क्षेत्र सबै स्थानमा प्रतिस्पर्धा रोमान्चक छ । ला लिगा अहिले कस्तो स्थितिमा छ त, एएसले गरेको विश्लेषण यसप्रकार छ :

कुन टोली कहाँ ?

रियल म्याड्रिडले पछिल्लो सात सिजनमा मात्र एकपटक लिग उपाधि जितेको छ । यसपटक रियल बार्सिलोनालाई लगातार दबाबमा राख्दै लिग उपाधि हत्याउने सुरमा छ । हाल लिग तालिकामा बार्सिलोना २ अंकको अग्रतासहित शीर्षस्थानमा छ । रियल म्याड्रिडले रियल बेटिससँग पराजय भोगेपछि बार्सिलोना माथि उक्लिएको थियो ।

रियलले सान्टियागो बर्नाबाउमा बार्सिलोनालाई पराजित गर्दै लय समातेको छनक दिएपनि त्यसलाई लामो समय निरन्तरता दिन सकेन । सेभिल्लासँग हार बेहोर्नुले अघिल्लो जितलाई छायाँमा पारिदियो । यद्यपि लिग उपाधिको भिडन्तमा रियल र बार्सिलोना मै प्रतिस्पर्धा हुनेछ ।

बार्सा र रियल दुवै टोली च्याम्पियन्स लिगमा पनि प्रतिसपर्धा गरिरेका छन् । राउन्ड अफ १६ को पहिलो लेगमा रियल म्यान्चेस्टर सिटिसँग २-१ ले पराजित भएको थियो । यता बार्सिलोनाले पनि इटालियन क्लब नेपोलीसँग १-१ को बराबरी खेलेको थियो ।

अर्को सिजनको च्याम्पियन्स लिग छनोटका लागि पनि प्रतिस्पर्धा निकै कडा रहेको छ । तेस्रो स्थानको सेभिल्ला र छैटौं स्थानको एटलेटिको म्याड्रिडबीच मात्र २ अंकको अन्तर छ । लिगका शीर्ष ४ टोलीले च्याम्पियन्स लिग खेल्न पाउने प्रावधान रहेको छ ।

आक्रमणमा केहि कमजोर देखिएको एटलेटिकोले यस सिजन धेरै खेल बराबरीमा टुंग्याएको छ । तर च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गर्ने क्रममा एटलेटिकोले लिभरपुललाई स्तब्ध पारेको थियो । अर्को सिजन पनि च्याम्पियन्स लिगमा स्थान पक्का गर्न एटलेटिकोले रियल सोसीडाड र गेटाफेको चुनौती पन्छाउनु पर्ने हुन्छ ।

लिगको पुछारतिर भने चार टोलीबीच रेलिगेसन टार्ने प्रतिस्पर्धा चलिरहेको छ । हाल एस्पान्योल (२०), लेगानेस(२३) र रियल मालोर्का (२५) रेलिगेसन क्षेत्रमा छन् । यद्यपि १८ औं स्थानको मालोर्का र १७ औं स्थानको सेल्टा भिगोबीच मात्र १ अंकको फरक छ । त्यस्तै एइबार पनि सेलता भन्दा १ अंक बढी जोड्दै १६ औं स्थानमा छ ।

लिग तालिका :

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.