default_image

4 years ago

May 27, 2020

हालान्डको चोटले डर्टमुन्डलाई समस्या

एजेन्सी – जर्मन टोली बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लीङ ब्राउट हालान्ड मंगलबार बायर्न म्युनिखविरुद्ध खेलमा घाइते भएका छन् । उनको चोटले डर्टमुन्डलाई आक्रमणमा समस्या पर्ने भएको छ । जनवरीमा अष्ट्रियन क्लब साल्जबर्गबाट जर्मनी आएका हालान्डले उत्कृष्ट सुरुवात गरेका थिए । मंगलबार उपाधि होडमा रहेका शीर्ष दुई टोलीको खेलमा भने हालान्डले गोल गर्न सकेनन् । यद्यपि […]

43 views

0 Bookmark

एजेन्सी – जर्मन टोली बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लीङ ब्राउट हालान्ड मंगलबार बायर्न म्युनिखविरुद्ध खेलमा घाइते भएका छन् । उनको चोटले डर्टमुन्डलाई आक्रमणमा समस्या पर्ने भएको छ ।

जनवरीमा अष्ट्रियन क्लब साल्जबर्गबाट जर्मनी आएका हालान्डले उत्कृष्ट सुरुवात गरेका थिए । मंगलबार उपाधि होडमा रहेका शीर्ष दुई टोलीको खेलमा भने हालान्डले गोल गर्न सकेनन् । यद्यपि उनले पहिलो हाफमा गोल गर्ने केहि सुन्दर अवसर भने पाएका थिए ।

दोस्रो हाफको ७२ औं मिनेटमा मिडफिल्डर जेडन सान्चोको क्रस भेट्ने प्रयासमा हालान्डले घुँडामा चोट बोकेका थिए । उनको चोट कस्तो रहेको भन्ने यकिन नभएको टोलीका प्रशिक्षक लुसियन फाभ्रले बताएका छन् । ‘म अहिले नै चोट कस्तो छ भन्ने अवस्थामा छैन । घुँडामा चोट लागेको हो, तर कति गम्भीर चोट हो भन्ने परिक्षण गरेपछि थाहा हुन्छ,’ उनले भने ।

हालान्डले डर्टमुन्डका लागि लिगका ८ खेलमा सुरुवात गर्दै १० गोल गरेका छन् । उनी ३ खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । हालान्डले सबै प्रतियोगितामा डर्टमुन्डका लागि १३ गोल गरिसकेका छन् । बायर्नविरुद्ध पहिलो हाफमा केहि अवसर चुकाएका उनले दोस्रो हाफमा भने त्यहि लयमा खेल्न सकेनन् । खेलमा बायर्नले १-० को जित दर्ता गर्दै शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ ।

हालान्डको चोट गम्भीर भएमा डर्टमुन्डलाई आक्रमणमा समस्या पर्ने निश्चित छ । चोटका कारण जेडन सान्चो पनि सुरुवाती ११ मा पर्न नसक्दा जुलियन ब्रान्ट र थोर्गन हाजार्डमा आक्रमणको दारोमदार आउनेछ । स्पेनिस फरवार्ड पाको अल्कासेर र जर्मन फरवार्ड मार्को रिउसमाथि पनि जिम्मेवारी थप हुनेछ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.