9 years ago
August 7, 2016
हाम्रोखेलकुद-
आज भएको कम्युनिटी शिल्डको खेलमा म्यान्चेस्टर युनाईटेडले लेस्टरलाई २-१ले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको छ। अगिल्लो बर्षको लिगको बिजेता र एफए कप बिजेता बिच हुने यो खेल लेस्टरले पहिलो पटक खेलेको हो ।

अगिल्लो सिजन एफ ए कप जितेको म्यान्चेस्टर युनाईटेडले खेलको पहिलो हाल्फको ३२औ मिनटमा गोल गर्दै आग्रता लिएको थियो । रेड डेभिल्सका लागि पहिलो गोल युवा खेलडी लिनगार्डले गरेका थिए । पहिलो हाल्फको एकमात्र पहेलो कार्ड लेस्टरका डिफेन्डर सिम्प्सनले प्रप्त गरेका थिए ।
म्यान्चेस्टर युनाईटेडको पहिलो हाल्फको आग्रता धेरै बेर टिक्न सकेन, लीग बिजेता टोली लेस्टरका लागि दोस्रो हाल्फको ७औ मिनटमा गोल गर्दै भार्डीले १-१ बनाएका थिए । खेलको ५५औ मिनटमा किङ, ७१औ मिनटमा बेली र ७५औ मिनटमा भार्डिलाई पहेँलो कार्ड देखाइएको थियो । खेलको अन्तिम गोल म्यान्चेस्टर युनाईटेडका नयाँ खेलाडी ज्लाटन ईब्राहिमोभिचले गरेका थिए । ज्लाटनको ८३औ मिनटको गोल पश्चात खेलमा अर्को गोल हुन सकेन र म्यान्चेस्टर युनाईटेडले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]