9 years ago
August 16, 2016
काठमाडौं (हाम्रोखेलकुद)
रुस्लान थ्री स्टार क्लब यही अगस्त २१ देखी २५सम्म हुने एएफसी कप २०१६ खेल्नको लागि आज मंगोलियातर्फ जादै छ । थ्री स्टार क्लबले पाटन स्तिथ अशोक हलमा एक कार्यक्रम बिच टिमलाई बिधाई गरेको थियो ।

बिधाई कार्यक्रम मा बोल्दै थ्री स्टार क्लबका नव नियुक्त प्रशिक्षक मेघराज केसीले टिमले राम्रो प्रदर्शन गर्नेमा ढुक्क रहेको बताउनु भयो । टोलीमा स्टार खेलाडी कोही नरहे पनि उनले टिम निकै सन्तुलित रहेको र टिमका सबै खेलाडी स्टार बन्न लयकको रहेको बताउनु भयो । थ्री स्टारमा फर्वार्डको कमी भए पनि ६ जना एट्याकिङ मिड्फिल्डर भएका कारणले कमी महसुस नहुनेमा प्रशिक्षक बिश्वासत देखिएका छन ।
भर्खरै नेपाल आर्मी क्लब बाट थ्री स्टार सम्हाल्न पुगेका मेघ भन्नु हुन्छ,” हामी सँग नेपालमा रहेका उपलब्ध उत्कृष्ट खेलाडिहरु छन्, अरु राम्रा खेलाडी बिभागिय टोली र मनाङसँग अनुबन्धित भएको कारणले हामीले लिन सकेनौ ।”
थ्री स्टार क्लबले मंगिलियामा घरेलु लीग च्याम्पियन एर्किम एफसी र कम्बोडियाको लीगको उप बिजेता नागावर्ल्ड एफसिसँग खेल्ने छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]