default_image

4 years ago

June 28, 2020

अंक र तथ्यांकमा बायर्नको कीर्तिमानी उपाधि

एजेन्सी – बायर्न म्युनिखले कीर्तिमानी लगातार आठौं पटक जर्मन बुन्डेसलिगाको उपाधि जित्दा अन्य थुप्रै व्यक्तिगत कीर्तिमान पनि बने । हान्सी फ्लिकलाई प्रशिक्षकका रुपमा ल्याएपछि एकपक्षीय प्रदर्शन गरेको बायर्नको अंक र तथ्यांकमा लिग प्रदर्शन यस्तो रहयो । ३ रोबर्ट लेवान्डोस्कीले लगातार तेस्रो सिजन सर्वाधिक गोलकर्ताको उपाधि हात पारे । उनले यस सिजन ३४ गोल गर्दै एकै […]

39 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखले कीर्तिमानी लगातार आठौं पटक जर्मन बुन्डेसलिगाको उपाधि जित्दा अन्य थुप्रै व्यक्तिगत कीर्तिमान पनि बने । हान्सी फ्लिकलाई प्रशिक्षकका रुपमा ल्याएपछि एकपक्षीय प्रदर्शन गरेको बायर्नको अंक र तथ्यांकमा लिग प्रदर्शन यस्तो रहयो ।

रोबर्ट लेवान्डोस्कीले लगातार तेस्रो सिजन सर्वाधिक गोलकर्ताको उपाधि हात पारे । उनले यस सिजन ३४ गोल गर्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडीको कीर्तिमान समेत रचे । उनी गर्ड मुलरपछि लगातार तिन पटक सर्वाधिक गोलकर्ता उपाधि जित्ने खेलाडी समेत बने ।

सन् २०१९ नोभेम्बर ३ तारिखमा बायर्नले निको कोभाचलाई बर्खास्त गर्दै हान्सी फ्लिकलाई नियुक्ति दिएको थियो । त्यसबेला बयार्णबायर्न शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबाकभन्दा ४ अंकले पछाडी रहेको थियो ।

बायर्नले लगातार आठौं पटक लिग उपाधि जित्दै कीर्तिमान रच्न सफल रहयो ।

कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित भएको लिग सुचारु भएपछि बायर्नले खेलेका सबै ९ खेलमा जित हासिल गर्यो । बायर्न यो उपलब्धि हासिल गर्ने एकमात्र टोली हो ।

११

लेवान्डोस्कीले सिजनको सुरुवाती ११ खेलमा नै गोल गर्दै नयाँ कीर्तिमान रचे । यसअघि सन् २०१५-१६ सिजनमा पिएर एमेरिक औबामेयाङले सुरुवाती ८ खेलमा गोल गरेका थिए ।

१३

बायर्नले लिगको अन्त्यसम्म लगातार १३ खेल जितको सिलसिला कायम राखेको छ । २१ औं चरणमा आरबी लाइप्जिगसँग बराबरीपछि सुरु भएको जितको सिलसिला अन्तिम खेलसम्म कायम रहयो ।

१५

विश्वका सर्वाधिक सफल गोलरक्षकका रुपमा गनिएका म्यानुएल नोएरले जारी सिजन लिगकै सर्वाधिक १५ क्लिनसिट राख्न सफल रहे ।

१८

लेवान्डोस्कीले बुन्डेसलिगामा सहभागी सबै १८ टोलीविरुद्ध गोल गरेका छन् । २९ औं चरणमा डुसेलडर्फविरुद्ध दुई गोल गर्दै उनले यो दुर्लभ उपलब्धि कायम गरेका हुन् । उनले बायर्नविरुद्ध पनि डर्टमुन्डका लागि खेल्दा गोल गरेका थिए ।

२१

थोमस मुलरले एकै सिजन सर्वाधिक २१ असिस्टको कीर्तिमान कायम गरेका छन् । यसअघि सन् २०१४-१५ मा वल्फ्सबर्गका केभिन डे ब्रुएनले १९ असिस्ट प्रदान गरेका थिए ।

२२

जर्मन विंगर सर्ज जिनाब्रीले १२ गोल र १० असिस्टसहित २२ गोलमा योगदान दिन सफल रहे । उनी लेवान्डोस्कीपछि बायर्नको गोलमा सबैभन्दा धेरै आबद्ध हुने खेलाडी रहे ।

२२.७

३२ औं चरणमा वेर्डर ब्रेमेनविरुद्ध खेलमा डिफेन्डर अल्फोन्सो डेभिसले २२.७ माइल प्रति घण्टाको गतिमा कुद्दै नयाँ कीर्तिमान कायम गरे ।

२९

सन् १९६८-६९ सिजनमा पहिलो उपाधि जितेको बायर्नले यो सिजन २९ औं लिग उपाधि जितेको हो ।

३२

बायर्नले सन् २०१९-२० सिजनभर मात्र ३२ गोल मात्र खाएको छ ।

३४

लेवान्डोस्कीले लिगको सर्वाधिक गोलकर्ता बन्ने क्रममा ३४ गोल गरेका हुन् ।

१००

बायर्नले सन् २०१९-२० मा गोलको संख्या १ सय पुर्याएको छ । यसअघि बायर्न आफैंले सन् १९७१-७२ सिजनमा १ सय १ गोल गर्दै कीर्तिमान राखेको थियो ।

३९८

बायर्नका जोसुआ किमिचले यस सिजन मैदानमा ३ सय ९८ किलोमिटर दुरी पार गरेका छन् ।

३२१६

किमिचले लिग अवधिभर ३ हजार २ सय १६ पटक बल छोएका थिए ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.