default_image

4 years ago

June 29, 2020

बार्सिलोनाले आर्थर युभेन्टसलाई बेच्यो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्थरलाई इटालियन च्याम्पियन युभेन्टसले ७२ मिलियन युरो तिरेर खरिद गरेको छ । बार्सिलोनाको आधिकारिक वेबसाइटमा जनाएअनुसार आर्थर सिजनको अन्त्यपछि युभेन्टस जानेछन् । दुवै क्लब र खेलाडीबीच सम्झौता समेत भइसकेको छ । २३ वर्षीय आर्थरले आइतबार युभेन्टस पुगेर विस्तृत स्वास्थ्य परिक्षण गरेपछि बार्सिलोनाले ट्रान्सफरलाई आधिकारिकता दिएको हो । सन् २०१८ […]

49 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्थरलाई इटालियन च्याम्पियन युभेन्टसले ७२ मिलियन युरो तिरेर खरिद गरेको छ ।

बार्सिलोनाको आधिकारिक वेबसाइटमा जनाएअनुसार आर्थर सिजनको अन्त्यपछि युभेन्टस जानेछन् । दुवै क्लब र खेलाडीबीच सम्झौता समेत भइसकेको छ । २३ वर्षीय आर्थरले आइतबार युभेन्टस पुगेर विस्तृत स्वास्थ्य परिक्षण गरेपछि बार्सिलोनाले ट्रान्सफरलाई आधिकारिकता दिएको हो ।

सन् २०१८ मा बार्सिलोना आएका आर्थरले क्लबका लागि कुल ७२ खेल खेले । ब्राजिलियन क्लब ग्रेमिओबाट आएका उनले लिगमा ४७, कोपा डेल रेमा १०, च्याम्पियन्स लिगमा १३ तथा स्पेनिस सुपर कपमा एक खेल खेलेका हुन् । उनले यसक्रममा चार गोले गरे ।

आर्थरले स्पेनिस क्लबमा दुई सिजन बिताउँदा दुई उपाधि जित्न सफल रहेका छन् । सन् २०१८-१९ सिजनमा बार्सिलोनाले स्पेनिस लिग र स्पेनिस सुपर कप जितेको थियो । यसपटक भने बार्सिलोना अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

लिगको अन्त्य नजीकिंदै गर्दा बार्सिलोनाले रियलसँग २ अंक पछाडी रहेको अवस्थालाई नसुधारे उपाधिविहिन हुने सम्भावना रहेको छ । च्याम्पियन्स लिगमा बार्सिलोनाले नेपोलीसँग राउन्ड अफ १६ को पहिलो लेगमा १-१ को बराबरी खेलेको थियो । दोस्रो लेग अगस्टमा हुँदैछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.