9 years ago
August 17, 2016
दुइ पेनाल्टी मिस गरेका म्यान्चेस्टर सिटिका स्ट्राइकर सर्जियो अगेरोले पहिलो हाल्फमा १ र दोस्रो हाल्फमा २ गोल गर्दै म्यान्चेस्टर सिटिको ५-० को जितमा ह्याट्रीक गरे ।

अघिल्लो सिजन लिगमा चौथो स्थान पक्का गरेको सिटीले च्याम्पियन्स लिगको छनोट चरणको खेलमा रोमानियन लिगको उपबिजेता इस्टुए बुकुरेस्टीसँग पहिलो लेगको अवे खेलमा सहज अग्रता लिएको छ । अगेरोको ह्याट्रीक , डेभिड शिल्वा र नोटिलोको समान १-१ गोलले सिटी ले ५ गोल को अग्रता लिना सफल भएको हो ।
त्यस्तै पेप ग्वार्डिओलाको व्यवस्थापनमा एक पटक फेरी खेलमा आफ्नो भूमिका नदेखे पछी इङ्लिश किपर जो हार्ट सिटी छोड्ने संभावना बलियो बनेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]