default_image

4 years ago

July 3, 2020

रियल म्याड्रिड र बार्सिलोनाका बाँकी खेलहरु

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत अब सबै टोलीले ५ खेल खेल्न बाँकी रहेको छ । ३३ औं चरणको खेल समाप्त हुँदा रियल म्याड्रिडले अंक तालिकाको शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । शनिबारको खेलमा सेल्टा भिगोको मैदानमा जित दर्ता गर्न नसकेको बार्सिलोना घरेलु मैदानमा मंगलबार एटलेटिको म्याड्रिडसँग पनि बराबरीमा रोकियो । बार्सिलोना लगातार चुक्दा […]

36 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत अब सबै टोलीले ५ खेल खेल्न बाँकी रहेको छ । ३३ औं चरणको खेल समाप्त हुँदा रियल म्याड्रिडले अंक तालिकाको शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ ।

शनिबारको खेलमा सेल्टा भिगोको मैदानमा जित दर्ता गर्न नसकेको बार्सिलोना घरेलु मैदानमा मंगलबार एटलेटिको म्याड्रिडसँग पनि बराबरीमा रोकियो । बार्सिलोना लगातार चुक्दा रियललाई शीर्षस्थानमा अग्रता बढाउने अवसर जुरेको थियो ।

रियलले बार्सिलोनाको कमजोरीको फाइदा उठाउँदै लगातार जितको सिलसिला कायम राख्दै शीर्षस्थानमा पकड बलियो बनायो । लिगको पुछारमा रहेको एस्पान्योललाई १-० ले पराजित गर्दै रियलले उपाधि होडमा २ अंकको अग्रता कायम गर्न सफल रहेको थियो । बिहीबार गेटाफेविरुद्ध १-० कै जित दर्ता गर्दै रियलले ४ अंकको अग्रता बनाएको हो ।

रियलले अब बाँकी रहेको खेलमध्य सबैभन्दा कठिन चुनौतीका रुपमा ३४ औं चरणमा एथ्लेटिक बिल्बाओको मैदानमा खेल्न बाँकी छ । यता बार्सिलोनाले भने अब भिल्लारियलको सामना गर्नेछ ।

बाँकी खेलहरु :

३४ औं चरण :

जुलाई ५ – एथ्लेटिक बिल्बाओ विरुद्ध रियल म्याड्रिड – नेपाली समयअनुसार साँझ ६:४५ बजे

जुलाई ५ – भिल्लारियल विरुद्ध बार्सिलोना –  नेपाली समयअनुसार अर्को दिन विहान १:४५ बजे

३५ औं चरण :

बार्सिलोना विरुद्ध एस्पान्योल

रियल म्याड्रिड विरुद्ध अलाभेस

३६ औं चरण :

रियल भालाडोलिड विरुद्ध बार्सिलोना

ग्रानडा विरुद्ध रियल म्याड्रिड

३७ औं चरण :

बार्सिलोना विरुद्ध ओसासुना

रियल म्याड्रिड विरुद्ध भिल्लारियल

३८ औं चरण :

अलाभेस विरुद्ध बार्सिलोना

लेगानेस विरुद्ध रियल म्याड्रिड

अन्तिम चार चरणको खेल समय र मिति भने तोक्न बाँकी रहेको छ

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.