default_image

4 years ago

July 4, 2020

बार्सिलोनाद्वारा युभेन्टससामु ग्रिजमनसहित साटफेरको प्रस्ताव

एजेन्सी – अघिल्लो साता मात्र मिडफिल्डर आर्थर मेलो र मिरालेम प्यानिचबीच साटफेर गरेका इटालियन क्लब युभेन्टस र क्याटलान क्लब बार्सिलोनाले अर्को ट्रान्सफर सम्झौता गर्ने सम्भावना बढेको छ । इटालियन संचारमाध्यम आरएआईका अनुसार बार्सिलोनाले फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनलाई युभेन्टस पठाउँदै इटालियन क्लबबाट दुई खेलाडी माग गर्दै प्रस्ताव अगाडी सारेको छ । यसै सिजनको सुरुवातमा कीर्तिमानी मुल्यमा […]

67 views

0 Bookmark

एजेन्सी – अघिल्लो साता मात्र मिडफिल्डर आर्थर मेलो र मिरालेम प्यानिचबीच साटफेर गरेका इटालियन क्लब युभेन्टस र क्याटलान क्लब बार्सिलोनाले अर्को ट्रान्सफर सम्झौता गर्ने सम्भावना बढेको छ ।

इटालियन संचारमाध्यम आरएआईका अनुसार बार्सिलोनाले फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनलाई युभेन्टस पठाउँदै इटालियन क्लबबाट दुई खेलाडी माग गर्दै प्रस्ताव अगाडी सारेको छ । यसै सिजनको सुरुवातमा कीर्तिमानी मुल्यमा बार्सिलोना आएपनि अपेक्षित प्रदर्शन गर्न नसक्दा बार्सिलोनाले ग्रिजमनमाथि विश्वास गर्न सकेको छैन । अर्को सिजन हेर्ने भन्दापनि क्लबले उनलाई बेच्ने निर्णय गरेको हो ।

बार्सिलोनाले पछिल्ला केहि वर्ष ट्रान्सफर बजारमा खुलेर खर्च गरेपनि त्यसअनुसार प्रतिफल भने पाउन सकेको छैन । ग्रिजमनसँगै फिलिपे कोउटिन्हो, ओस्मान डेम्बेले लगायत खेलाडीलाई मोटो रकम तिरेपनि क्लब मेस्सीकै भरमा छ । मैदानभित्र क्लबको मेस्सीमाथि निर्भरता परिवर्तन हुन सकेको छैन ।

बार्सिलोनाले राखेको प्रारम्भिक प्रस्तावअनुसार युभेन्टसले ग्रिजमनको सट्टामा मिडफिल्डर एड्रीएन राबीओट र विंगर डग्लस कोस्टा फिर्ता दिनेछ । त्यसमा थप केहि रकमबारे पनि छलफल हुने बार्सिलोनाको माग छ । भर्खर मात्र मिडफिल्डर आर्थर र प्यानिचको सम्झौता पूरा गरेकाले दुई क्लबबीच सुमधुर सम्बन्ध रहेको आंकलन गर्न सकिन्छ ।

बार्सिलोनाले ग्रिजमनलाई क्लबबाट बाहिर पठाउनुको मुख्य कारण भने अन्य खेलाडीलाई स्थान बनाउन खोजेको पनि हुनसक्छ । पछिल्लो समय इन्टर मिलानको लौटारो मार्टिनेज र पीएसजीका नेयमार क्लब फर्कने चर्चा पनि छ । तर त्यसका लागि ग्रिजमन क्लबमा रहँदा समस्या थप बल्झिने देखिन्छ । त्यसैले पनि बार्सिलोनाले ग्रिजमनलाई पठाएर उनको स्थानमा अन्य पोजिसनका खेलाडी ल्याउने प्रस्ताव गरेको हो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.