एजेन्सी – जर्मन कप (डिएफबी पोकल) को फाइनलमा आज राति बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख र अर्काे सिजनको युरोपा लिगमा छनोट हुन सफल बायर लिभरकुसनबीच प्रतिस्पर्धा हुदैछ ।
खेल नेपाली समयअनुसार लिभरकुसनको मैदान ओलम्पिया स्टेडियम बर्लिनमा नेपाली समयअनुसार राति ११ः४५ बजे प्रतिस्पर्धा हुदैछ । बायर्नले बुन्डेसलिगा प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफर्टलाई तथा लिभरकुसनले तल्लो श्रेणीको साउथवेस्ट च्याम्पियन साब्रुकेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको थियो ।
गतवर्षको समेत च्याम्पियन रहेको बायर्न २०औं पटक डिएफबी पोकलको च्याम्पियन बन्ने दाँउमा हुनेछ । डिएफबी पोकलको सर्वाधिक सफल बायर्ननले २३ पटक फाइनल खेल्दा १९ पटक च्याम्पियन बनेको छ ।
बायर्नका लागि यो सिजन बुन्डेसलिगाको सर्वाधिक गोलकर्ता बनेको पोलिस रोवर्ट लेवान्डोस्की नै मुख्य हतियार हुनेछ । थोमस मुलर, सर्जी जिनाब्री, लियोन गोरेट्जका, जोसुवा किम्मिच, बेन्जामिन पाभर्ड, जेरोमी बोएटिङ र गोलरक्षक तथा कप्तान म्यानुयल नोएर बायर्नको टोलीमा हुनेछ ।
यता, लिभरकुसन २७ वर्षपछि डिएफबी पोकलको च्याम्पियन बन्ने दाँउमा हुनेछ । १९९३ मा च्याम्पियन भएयता लिभरकुसनले यो उपाधि जित्न सकेको छैन । लिभरकुसन २००२ र २००९ मा फाइनलमा पुग्न सफल भएपछि उपाधिबाट बिमुख बनेको थियो । युवा स्टार काइ हाभर्टज र केभिन भोलान्डनै लिभरकुसनको हतियार हुनेछ ।
लिभरकुसन पछिल्लो खेलमा भोगेको ४–२ को हारको बदला लिदै च्याम्पियन बन्ने दाँउमा हुनेछ । त्यसअघिको दुवै खेलमा लिभरकुसनले बायर्न म्युनिखलाई हराउन सफल भएको थियो । पछिल्लो २२ खेलको नतिजा हेर्दा बायर्न १२ खेलमा विजयी भएको छ ।
लिभरकुसनले ५ खेलमा जित निकाल्दा ५ खेल बराबरीमा सकिएको छ । पछिल्लो नतिजा हेर्दा यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने हनुमान गरिएको छ ।