default_image

4 years ago

July 10, 2020

फर्नान्डेज र पोग्वाको गोलमा युनाइटेडको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्याचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि सहज जित हात पारेको छ । युनाइटेडले घरेलु टोली एस्टन भिल्लामाथि ३–० को सहज जित हात पारेको हो ।  भिल्ला पार्क बर्मिङघममा बिहीबार राति भएको खेलमा युनाइटेडको सहज जितमा ब्रुनो फर्नान्डेज, मासन ग्रीनवुड र पउल पोग्वाले गोल गरे । यस्तै युनाइटेड पछिल्लो १७ खेलसम्म अपराजित रहन […]

34 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्याचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि सहज जित हात पारेको छ । युनाइटेडले घरेलु टोली एस्टन भिल्लामाथि ३–० को सहज जित हात पारेको हो । 

भिल्ला पार्क बर्मिङघममा बिहीबार राति भएको खेलमा युनाइटेडको सहज जितमा ब्रुनो फर्नान्डेज, मासन ग्रीनवुड र पउल पोग्वाले गोल गरे । यस्तै युनाइटेड पछिल्लो १७ खेलसम्म अपराजित रहन समेत सफल भएको छ । युनाइटेड २३ जनवरीमा बर्नलीसँग २–० ले पराजित भएयता अपराजित रहेको छ । यसक्रममा युनाइटेडले १३ खेलमा जित हात पार्दा चार खेलमा बराबरीको नतिजा निकालेको छ ।

घरेलु टोलीविरुद्ध युनाइटेडले खेलको शुरुवात देखि नै पकड बनाएको थियो । २५औं मिनेटमा पल पोग्वाको प्रहार पोस्टमा लागेर बाहिरियो । त्यसलगत्तै २७औं मिनेटमा युनाइटेडले पेनाल्टीमार्फत अग्रता बढाउने अवसर पायो । इज्री कोन्साले ब्रुनो फर्नान्डेजलाई पेनाल्टी बक्समा लडाएपछि युनाइटेडले पेनाल्टी पायो जसमा फर्नान्डेजले गोल गर्दै यसनाइटेडलाई १–० को अग्रता दिलाए ।

३४औं मिनेटमा एन्थोनी मार्सियलको प्रहारलाई भिल्लाका गोलरक्षक पेपे रेइनाले बचाए । लगत्तै रेइनाले युनाइटेडको अर्काे प्रहारलाई पनि विफल पारिदिए । पहिलो हाफको इन्ज्युरी समयमा लुका साबाट मार्सियल हुदै आएको बललाई अनमार्क रहेका फर्नान्डेजले सदुपयोग गर्न सकेन ।

पहिलो हाफको इन्ज्युरी समयमा मार्सियालको पासमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा पनि युनाइटेडले भिल्लालाई लगातार दवावमा राख्दै आक्रमण बुनिरह्यो ।  ५७औं मिनेटमा पोग्वाले गोलले मान्यता नपाएपनि लगत्तै पोग्वाले गोल गर्दै युनाइटेडलाई खेलमा ३–० ले अघि बढाए । उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्न सफल भएका थिए ।

६१औं मिनेटमा मार्सियलको प्रहार बारमा लागेर फर्कियो । इन्ज्युरी समयमा पोग्वाको अर्काे प्रहारलाई भिल्लाका गोलरक्षक रेइनाले बचाए । दोस्रो हाफमा भिल्लाले पनि केही आक्रमण बुनेपनि सदुपयोग गर्न नसक्दा युनाइटेड खेलमा ३–० ले विजयी हुन सफल भयो ।

जितसँगै युनाइटेडले शीर्ष चारको सम्भावनालाई जीवितै राखेको छ । पाँचौ स्थानमा रहेको युनाइटेडले तेस्रो स्थानको चेल्सीसँग २ तथा चौथो स्थानको लेस्टर सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ ।  युनाइटेडको ३४ खेलबाट ५८ अंक पुगेको छ । चेल्सीको ६० तथा लेस्टरको ५९ अंक रहेको छ । पराजित एस्टन भिल्ला २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.