default_image

4 years ago

July 11, 2020

अगुएरोले रियल म्याड्रिडविरुद्ध नखेल्ने

एजेन्सी – म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगमा रियल म्याड्रिडविरुद्धको खेल गुमाउने भएका छन् । गत महिना घुँडाको मेनिस्कसमा समस्या आएपछि बार्सिलोना पुगेर शल्यक्रिया गरेका अगुएरोले रियलविरुद्ध खेलमा पुनरागमन गर्न नसक्ने पक्का भएको हो । सिटी र रियल म्याड्रिडको खेल इतिहास रंगशालामा अगस्ट ७ तारिखमा […]

30 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगमा रियल म्याड्रिडविरुद्धको खेल गुमाउने भएका छन् ।

गत महिना घुँडाको मेनिस्कसमा समस्या आएपछि बार्सिलोना पुगेर शल्यक्रिया गरेका अगुएरोले रियलविरुद्ध खेलमा पुनरागमन गर्न नसक्ने पक्का भएको हो । सिटी र रियल म्याड्रिडको खेल इतिहास रंगशालामा अगस्ट ७ तारिखमा हुने कार्यक्रम रहेको छ । फेब्रुअरीमा भएको पहिलो लेगमा सिटीले रियल म्याड्रिडलाई उसकै मैदानमा २-१ ले पराजित गरेको थियो ।

सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले अगुएरोले रियलविरुद्ध खेल्न नसक्ने पक्का गरेका हुन् । शुक्रबार भएको खेल तालिकाबारे समेत गुआर्डीओलाले आफ्नो धारणा व्यक्त गरेका छन् । उनले सिटीलाई दोस्रो लेगअघि कुनै फाइदा नरहेको समेत प्रष्ट पारे ।

‘ हामीले पहिलो लेग म्याड्रिडमा खेल्यौं र दोस्रो लेग आफ्नो मैदानमा खेल्दैछौं । सबै स्थिति सामान्य नै छ र कसैलाई फाइदा भन्ने देख्दिन । खेल सधैं होम र अवे, दुई लेगमा हुनेछ । हामीले अहिले नै अर्को चरणबारे सोच्न थाल्यौं भने च्याम्पियन्स लिगको राजा रियल म्याड्रिडले हामीलाई यो चरणबाट नै बाहिर पुर्याउनेछ,’ गुआर्डीओलाले भने ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.