default_image

4 years ago

July 11, 2020

शीर्षस्थानको युभेन्ट्सलाई लयमा रहेको एटलान्टाको चुनौती

एजेन्सी – इटालियन सिरी ‘ए’ आज राति ३२औं चरण अन्तर्गत विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्षस्थानमा रहेको युभेन्ट्सले घरेलु मैदानमा एटलान्टाको आतिथ्यता गर्दा दोस्रो स्थानको लाजियो र सस्सुलो तथा ब्रेसिया र रोमाबीच पनि आज राति नै प्रतिस्पर्धा हुँदैछ । युभेन्ट्स र एटलान्टाको खेल युभेन्ट्सको मैदान एलियन्ज एरिना टुरिनमा नेपाली समयअनुसार आइतबार बिहान १ः३० बजे […]

31 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ आज राति ३२औं चरण अन्तर्गत विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ ।

शीर्षस्थानमा रहेको युभेन्ट्सले घरेलु मैदानमा एटलान्टाको आतिथ्यता गर्दा दोस्रो स्थानको लाजियो र सस्सुलो तथा ब्रेसिया र रोमाबीच पनि आज राति नै प्रतिस्पर्धा हुँदैछ । युभेन्ट्स र एटलान्टाको खेल युभेन्ट्सको मैदान एलियन्ज एरिना टुरिनमा नेपाली समयअनुसार आइतबार बिहान १ः३० बजे प्रतिस्पर्धा हुनेछ ।

घरेलु मैदानमा युभेन्ट्स सहज जित निकाल्दै उपाधि होड बलियो बनाउने योजनामा हुनेछ । तर लयमा रहेको एटलान्टाविरुद्ध सहज जित निकाल्न युभेन्टसले कठिन हुनेछ ।

युभेन्टस अघिल्लो खेलमा एसी मिलानसँग भोगेको ४–२ को हारको पीडालाई एटलान्टाको खेलबाट भुल्ने प्रयासमा हुनेछ । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, म्याथ्थिज डि लेग्ट, जुवान कोर्डाडो र मिरालेम प्यानिचजस्ता खेलाडीको साथ युभेन्टसलाई हुनेछ ।

यता, लयमा रहेको एटलान्टा पनि युभेन्टसलाई पराजित गर्दै सिरी ‘ए’ मा शीर्ष चारमा रहने सम्भावनालाई बलियो बनाउन चहान्छ । एटलान्टा पछिल्लो १३ खेलमा अपराजित रहेको छ । जनवरीमा एसपालसँग २–१ ले पराजित भएयता एटलान्टाले १२ जित र एक बराबरीको नतिजा निकालेको छ । डुभान जापाटा, एलेसान्द्रो गोमेज, रोविन गोसेन्स र लुइस मुरेलजस्ता खेलाडीहरुले युभेन्टसको रक्षापङ्तिलाई लगातार दवाव सिर्जना गर्न सक्नेछ ।

हेड टु हेडमा युभेन्टसले १६ खेलमा जित हात पार्दा एटलान्टाले १ खेलमा मात्रै जित निकाल्दा ४ खेल बराबरीमा टुंगिएको छ । शीर्षस्थानको युभेन्टसको ३१ खेलबाट ७५ अंक छ । तेस्रो स्थानको एटलान्टाको ६६ अंक छ ।

यस्तै सिरी ‘ए’ को अर्काे खेलमा दोस्रो स्थानको लाजियो र सस्सुलोबीच राति ९ बजे तथा ब्रेसिया र रोमाबीच राति ११ः१५ बजे प्रतिस्पर्धा शुरु हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.