default_image

4 years ago

July 11, 2020

एन्टोनियोको एक्लैको चार गोलसँगै नर्विच रेलिगेसनमा

एजेन्सी – इंग्लिस फरवार्ड मिकाएल एन्टोनियो एक्लैले ४ गोल गरेपछि वेस्ट ह्याम युनाइटेडले प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा नर्विच सिटीलाई ४-० ले पराजित गरेको छ । लगातार सातौं हार बेहोरेको नर्विच आजको खेलपछि प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । लिगको ३ खेल बाँकी रहँदै नर्विच लिगबाट घटुवा हुने पहिलो टोली बनेको हो । नर्विच हाल […]

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड मिकाएल एन्टोनियो एक्लैले ४ गोल गरेपछि वेस्ट ह्याम युनाइटेडले प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा नर्विच सिटीलाई ४-० ले पराजित गरेको छ ।

लगातार सातौं हार बेहोरेको नर्विच आजको खेलपछि प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । लिगको ३ खेल बाँकी रहँदै नर्विच लिगबाट घटुवा हुने पहिलो टोली बनेको हो । नर्विच हाल रेलिगेसनबाट बच्ने १७ औं स्थानभन्दा १३ अंकले पछाडी रहेको छ ।

वेस्ट ह्यामले खेलको ११ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । कर्नरमा इस्सा डिओपको फ्लिकलाई एन्टोनियोले भलीमार्फत गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा मार्क नोबलको फ्रिकिकमा हेडरमार्फत गोल गर्दै एन्टोनियोले वेस्ट ह्यामलाई २-० ले अगाडी बढाए ।

दोस्रो हाफको ५४ औं मिनेटमा एन्टोनियोले ह्याट्रिक पूरा गरे । उनले नोबलको लामो पासमा गरेको प्रहार गोलरक्षक टिम क्रुलले रोकेपनि रिबाउन्डलाई गोलमा परिणत गर्दै सिजनको पहिलो ह्याट्रिक प्रहार गरे । ७४ औं मिनेटमा रायन फ्रेडेरिक्सको पासमा सहज गोल गर्दै उनले ४-० को जित पक्का गरे ।

यस जितसँगै वेस्ट ह्यामको भने रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । रेलिगेसन क्षेत्रबाट ६ अंक माथि रहेको वेस्ट ह्यामले अब रेलिगेसन टार्ने भिडन्तमा रहेका वाटफर्ड र एस्टन भिल्लासँग खेल्न बाँकी छ । वेस्ट ह्यामको ३५ खेलमा ३४ अंक छ भने नर्विचले २५ खेलमा मात्र २१ अंक जोडेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.