default_image

4 years ago

July 11, 2020

च्याम्पियन लिभरपुल पहिलोपटक घरेलु मैदानमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको च्याम्पियन टोली लिभरपुल शनिबार घरेलु मैदान एनफिल्डमा भएको खेलमा बर्नलीसँग १-१ को बराबरीमा रोकिएको छ । सिजनभर घरेलु मैदानमा शत प्रतिशत जित दर्ता गरेको लिभरपुलले पहिलो पटक अंक गुमाएको हो । खेलको ३४ औं मिनेटमा एन्डी रोबर्टसनले लिभरपुललाई अग्रता दिलाएका थिए । फाबिन्होको लामो पासलाई रोबर्टसनले हेडरमार्फत गोलमा परिणत गरेका […]

35 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको च्याम्पियन टोली लिभरपुल शनिबार घरेलु मैदान एनफिल्डमा भएको खेलमा बर्नलीसँग १-१ को बराबरीमा रोकिएको छ ।

सिजनभर घरेलु मैदानमा शत प्रतिशत जित दर्ता गरेको लिभरपुलले पहिलो पटक अंक गुमाएको हो खेलको ३४ औं मिनेटमा एन्डी रोबर्टसनले लिभरपुललाई अग्रता दिलाएका थिए फाबिन्होको लामो पासलाई रोबर्टसनले हेडरमार्फत गोलमा परिणत गरेका थिए

दोस्रो हाफमा लिभरपुलले सिर्जना गरेको आक्रामक प्रयासमा गोलरक्षक निक पोप बाधक बनिरहे पहिलो हाफमा केहि उत्कृष्ट बचाउ गरेका पोपले दोस्रो हाफमा पनि उत्कृष्ट लय कायम राखे खेलको ६९ औं मिनेटमा पाहुना टोलीले जे रोड्रीग्वेजको गोलसँगै खेल बराबरीमा ल्याएको थियो । जेम्स टार्कवस्कीको हेडरबाट आएको बललाई रोड्रीग्वेजले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट गोल गरेका थिए ।

खेलको अन्तिम समयतिर दुवै टोलीले जित हासिल गर्ने सुवर्ण अवसर सदुपयोग गर्न सकेनन् । योहान गुडमुन्डसनको प्रहार क्रसबारमा लागेर बाहिरिंदा अर्कोतर्फ मोहमद सलाहले अनमार्क रहेको अवस्थामा गरेको प्रहारलाई पोपले बचाए ।

यस बराबरीसँगै लिभरपुलले चेल्सीले कायम गरेको एकै सिजनमा सर्वाधिक घरेलु जितको कीर्तिमान तोड्न नसक्ने भएको छ अब अन्तिम खेलमा चेल्सीलाई पराजित गरे मात्र लिभरपुलले १८ जितको कीर्तिमान बराबरी गर्न सक्नेछ

लिभरपुलले प्रिमियर लिगमा सर्वाधिक अंकको कीर्तिमान तोड्न भने अझै कसरत गर्नुपर्ने भएको छ म्यानचेस्टर सिटीले सन् २०१७-१८ मा १ सय अंक जोडेको थियो लिभरपुलको हाल ३५ खेलमा ९३ अंक छ अब बाँकी ३ खेलमा टोलीले ७ अंक जोड्नुपर्नेछ बर्नली भने ३५ खेलमा ५० अंकसाथ नवौं स्थानमा पुगेको छ

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.