default_image

4 years ago

July 13, 2020

सिटीको प्रतिबन्ध फुकुवा, च्याम्पियन्स लिग खेल्ने

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षे युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउने गरि लाएको प्रतिबन्ध फिर्ता भएको छ । सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लङ्घन गरेको पाइएको भन्दै यूईएफएले प्रतिबन्ध लगाएको थियो । जसकारण सिटीलाई दुई वर्ष प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना समेत […]

45 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षे युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउने गरि लाएको प्रतिबन्ध फिर्ता भएको छ ।

सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लङ्घन गरेको पाइएको भन्दै यूईएफएले प्रतिबन्ध लगाएको थियो । जसकारण सिटीलाई दुई वर्ष प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना समेत गरिएको थियो ।

सिटीले यस विषयलाई कोर्ट अब आर्बिट्रेसन फर स्पोर्टमा (कास) अपिलको लागि पुर्याएको थियो । कासले सोमबार छानविन टुंगिएको जनाउँदै सिटीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । यूईएफएको निर्णय उल्टिएसँगै सिटिले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ ।

सिटीले सन् २०१२ देखि २०१६ को बिचमा क्लबलाई आएको प्रायोजन र लेखा परिक्षणबारे अनुसन्धान गर्न खोज्दा समन्वय नगरेको आरोप लागेको थियो । त्यसबेला सिटीले प्रायोजन गरेभन्दा बढी रकम लेखा परिक्षणमा राखेको आरोप लागेको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.