default_image

4 years ago

July 14, 2020

रियललाई पहिलो हाफमै दुई गोलको अग्रता

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत जारी खेलमा रियल म्याड्रिडले ग्रानडाविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । खेलको दशौं मिनेटमा नै पाहुना टोली रियल म्याड्रिडले अग्रता लिएको थियो । फर्लान्ड मेन्डिले एकल प्रयासमा ६ यार्ड बक्सको बायाँ भागबाट पहिलो बारमा गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । उनले क्यासेमिरोले दिएको पासलाई अगाडी […]

39 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत जारी खेलमा रियल म्याड्रिडले ग्रानडाविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।

खेलको दशौं मिनेटमा नै पाहुना टोली रियल म्याड्रिडले अग्रता लिएको थियो । फर्लान्ड मेन्डिले एकल प्रयासमा ६ यार्ड बक्सको बायाँ भागबाट पहिलो बारमा गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । उनले क्यासेमिरोले दिएको पासलाई अगाडी बढाउँदै तीन डिफेन्डरको चुनौती पार गर्दै रियलका लागि पहिलो गोल गरेका थिए ।

अग्रता लिएको ६ मिनेटमै रियल २-० ले अगाडी बढ्न सफल रह्यो । फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट उत्कृष्ट नियन्त्रणपछि गरेको प्रहार गोल भएको थियो । लुका मोड्रिचको पासलाई बेन्जेमाले अगाडी बढाएर डिफेन्डरलाई छक्याउँदै दोस्रो बारमा गरेको प्रहार गोल भएको थियो ।

खेलको ३६ अौं मिनेटमा डोमिंगो डुआर्टेको हेडरलाई रियलका गोलरक्षक थिबाउट कोर्टुवाले उत्कृष्ट बचाउ गरे । ४३ अौं मिनेटमा मोड्रिचको पासमा बेन्जेमाको प्रहारलाई गोलरक्षक रुई सिल्भाले बचाए ।

यस खेलमा जित हासिल गरे रियलले बार्सिलोनासँग ४ अंकको अग्रता लिनेछ । रियलको ३६ खेलमा ८३ अंक हुनेछ । रियलले अर्को खेलमा अलाभेसलाई पराजित गरे उपाधि पक्का गर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.