default_image

4 years ago

July 31, 2020

गोल्डेन बुट दौडमा इम्मोबिले अगाडि

एजेन्सी – इटालियन क्लब लाजियोका फरवार्ड चिरो इम्मोबिलेले सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने युरोपेली गोल्डेन बुटको दौडमा जर्मनीका रोबर्ट लेवान्डोस्की र युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । इम्मोबिले ३५ गोलसहित सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा छन् । अघिल्लो महिना लाजियो खराब लयबाट गुज्रेसँगै इम्मोबिलेको गोल पनि रोकिएको थियो । तर अघिल्लो साता ह्याट्रिक प्रहार गर्दै लयमा […]

66 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब लाजियोका फरवार्ड चिरो इम्मोबिलेले सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने युरोपेली गोल्डेन बुटको दौडमा जर्मनीका रोबर्ट लेवान्डोस्की र युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

इम्मोबिले ३५ गोलसहित सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा छन् । अघिल्लो महिना लाजियो खराब लयबाट गुज्रेसँगै इम्मोबिलेको गोल पनि रोकिएको थियो । तर अघिल्लो साता ह्याट्रिक प्रहार गर्दै लयमा फर्केको संकेत दिएका इम्मोबिलेले यस साता एक गोल गर्दै अग्रता लिए ।

जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेका लेवान्डोस्कीले ३४ गोल गरेका थिए । उनले जर्मन लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडीको कीर्तिमान समेत कायम गरेका थिए । जर्मन लिगमा ३४ खेल मात्र हुने कारण पनि उनलाई केहि बेफाइदा पुगेको छ ।

युभेन्टसका क्रिस्टियानो रोनाल्डोले ३१ गोल गरेका छन् । इटालियन लिगमा अझै १ खेल बाँकी रहेको अवस्थामा अब इम्मोबिले नै लिग र युरोप दुवैमा गोल्डेन बुट जित्ने बलियो सम्भावना छ ।

पछिल्लो तीन सिजन लगातार गोल्डेन बुट जितेका बार्सिलोना कप्तान लिओनेल मेस्सी यसपटक भने स्पेनी लिगको शीर्ष गोलकर्तामै चित्त बुझाउन बाध्य भए । मेस्सीले लिगको ३३ खेलमा २५ गोल गर्दै पिचिचि ट्रफी हात पारे ।

युरोपेली गोल्डेन बुटको दौड :

१. चिरो इम्मोबिले – ७० अंक (३५ गोल) – लाजियो – इटाली

२. रोबर्ट लेवान्डोस्की – ६८ अंक (३४ गोल) – बायर्न म्युनिख – जर्मनी

३. क्रिस्टियानो रोनाल्डो – ६२ अंक (३१ गोल) – युभेन्टस – इटाली

४. टिमो वेर्नर – ५६ अंक (२८ गोल) – आरबी लाइप्जिग – जर्मनी

५. लिओनेल मेस्सी – ५० अंक (२५ गोल) – बार्सिलोना – स्पेन

६. एर्लीङ हालान्ड – ५० अंक (२९ गोल) (१३ गोल बोरुसिया डर्टमुन्ड जर्मनीमा र १६ गोल साल्ज्बर्ग अष्ट्रियामा)

७. रोमेलु लुकाकु – ४६ अंक (२३ गोल) – इन्टर मिलान – इटाली

८. जेमी भार्डी – ४६ अंक (२३ गोल) – लेस्टर सिटी – इंग्ल्यान्ड

९. शोन वेस्मन – ४५ अंक (३० गोल) – वोल्फ्सबर्गर – अष्ट्रिया

१०. पिएर एमेरिक औबामेयाङ – ४४ अंक (२२ गोल) – आर्सनल – इंग्ल्यान्ड

युरोपका शीर्ष ५ लिगमा प्रत्यक गोल गरेको २ अंक गणना हुन्छ भने अन्य लिगमा स्तर अनुसार १.५ अंक र १ अंक गणना हुने गर्दछ । हालान्ड र वेस्मनको हकमा अष्ट्रियाको लिगको प्रति गोल १.५ अंक गणना हुने प्रावधान रहेको छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.