default_image

4 years ago

August 1, 2020

पीएसजी फ्रेन्च लिग कप च्याम्पियन

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको च्याम्पियन बनेको छ । शुक्रबार राति भएको खेलमा लियोनलाई सडनडेथमा ६–५ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै पीएसजीले सिजनको तेस्रो उपाधि जित्दै फ्रेन्च फुटबलमा दवदवा कायम गरेको छ । पीएसजीले यसअघि फ्रेन्च लिग वानको उपाधि र कप डि फ्रान्सको उपाधि आफ्नो पक्षमा […]

39 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको च्याम्पियन बनेको छ । शुक्रबार राति भएको खेलमा लियोनलाई सडनडेथमा ६–५ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

यससँगै पीएसजीले सिजनको तेस्रो उपाधि जित्दै फ्रेन्च फुटबलमा दवदवा कायम गरेको छ । पीएसजीले यसअघि फ्रेन्च लिग वानको उपाधि र कप डि फ्रान्सको उपाधि आफ्नो पक्षमा पारिसकेको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय र थप गरिएको समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइदा पीएसजीले बाजी मारेको हो । पीएसजीले सबै ६ पेनाल्टीमा गोल गर्दा लियोनका बर्टरान्ड ट्राओरेको पेनाल्टी असफल भएको थियो ।

पीएसजीका एन्जल डि मारिया, मार्काे भेराट्टी, लियान्द्रो ड्यानियल पाराडेस, एन्डर हेरेरा, नेयमार र पाब्लो सारावियाले गोल गरे । लियोनका जोअचिम एन्डरसन, कार्ल टुको एकम्वी, म्याक्सइन्स, थियागो मेन्डिस र हुसेन एओअरले गोल गर्दा बर्टरान्ड ट्राओरेले पेनाल्टी चुकाएका थिए ।

त्यसअघि खेलको आठौं मिनेटमा पीएसजी अग्रता लिनबाट चुकेको थियो । कप्तान थियागो सिल्भासको छोटो सटिक पासमा नेयमारको प्रहार बाहिरिएको थियो । दोस्रो हाफमा पनि दुवै टोलीले गोलका केही मौका गुमाउदा खेल अतिरिक्त समयमा लम्विएको थियो । अतिरिक्त समयमा लियोनले केही उत्कृष्ट मुभ बनाएपनि गोल गर्न चुक्यो ।

अन्तिम समयमा लियोन १० खेलाडीमा समेटिएको थियो । ११९औं मिनेटमा एन्जल डि मारियामाथि फल गरेपछि रेफ्रीले राफयललाई सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । अब पीएसजीले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछ । पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्दैछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.