default_image

4 years ago

August 1, 2020

सबैभन्दा महँगा अफ्रिकी फरवार्ड नेपोलीमा अनुबन्धित

एजेन्सी – इटालियन क्लब नेपोलीले मोटो रकम तिर्दै नाइजेरियन युवा फरवार्ड भिक्टर ओसिमेनलाई अनुबन्ध गरेको छ । नेपोलीले युवा फरवार्ड भिक्टरलाई फ्रेन्च क्लब लिलबाट अनुबन्ध गर्न सफल भएको हो ।  दुवै क्लबले सम्झौता अवधि र रकमबारे औपचारिक खुलासा गरेका छैनन् । स्रोतका अनुसार नेपोलीले ८२ मिलियन युरोमा खर्चदै ओसिमेनलाई अनुबन्ध गरेको हो । यससँगै उनी […]

20 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब नेपोलीले मोटो रकम तिर्दै नाइजेरियन युवा फरवार्ड भिक्टर ओसिमेनलाई अनुबन्ध गरेको छ । नेपोलीले युवा फरवार्ड भिक्टरलाई फ्रेन्च क्लब लिलबाट अनुबन्ध गर्न सफल भएको हो । 

दुवै क्लबले सम्झौता अवधि र रकमबारे औपचारिक खुलासा गरेका छैनन् । स्रोतका अनुसार नेपोलीले ८२ मिलियन युरोमा खर्चदै ओसिमेनलाई अनुबन्ध गरेको हो । यससँगै उनी सबैभन्दा महँगा अफ्रिकन खेलाडी बनेका छन् । यसअघि इंग्लिस क्लब आर्सनलले आइभोरी कोस्टका निकोलस पेपेलाई ७२ मिलियन युरोमा खरिद गरेको थियो । पेपे पनि लिलबाट नै आएका थिए ।

अफ्रिकन खेलाडीका लागि नेपोलीले खर्चिएको यो रकम सर्वाधिक ठुलो हो । भिक्टरलाई अनुबन्ध गर्न पाउदा निकै खुशी रहेको क्लबले जनाएको छ । ओसिमेनलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब लिभरपुल र आर्सनलले चासो देखाएका थिए । गत सिजन लिलका लागि उत्कृष्ट प्रदर्शन गर्दै उनले १८ गोल गरेका थिए । उनी क्लबका वर्ष खेलाडी समेत बनेका थिए ।

सन् २०१५ मा चिलीमा भएको यु–१७ विश्वकपमा भिक्टरले गोल्डेनबुट र सिल्भर बल जितेका थिए । उनले विश्वकपमा १० गोल गरेका थिए । उनी सोही वर्ष अफ्रिकाको वर्ष युवा खेलाडी समेत बनेका थिए । २१ वर्षीय फरवार्डले यस सिजन फ्रेन्च क्लबका लागि ३८ खेलमा १८ गोल गरेका थिए । उनले नाइजेरियाबाट १० क्याप जितेका छन् ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.