default_image

4 years ago

August 1, 2020

रोनाल्डोसँगै खेलेका ७ उत्कृष्ट खेलाडी

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले करिअरमा थुप्रै सफलता हासिल गर्दै आफूलाई विश्व फुटबलका सर्वकालीन महान खेलाडीको सुचिमा आफ्नो नाम लेखाएका छन् । पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट युरोपेली फुटबल खेल्न थालेका रोनाल्डोले इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल म्याड्रिड र हाल इटालीको युभेन्टसबाट खेल्दै आफ्नो छाप छोडेका छन् । यसक्रमममा उनले ४ पटक गोल्डेन बुट र ५ […]

49 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले करिअरमा थुप्रै सफलता हासिल गर्दै आफूलाई विश्व फुटबलका सर्वकालीन महान खेलाडीको सुचिमा आफ्नो नाम लेखाएका छन् ।


पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट युरोपेली फुटबल खेल्न थालेका रोनाल्डोले इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल म्याड्रिड र हाल इटालीको युभेन्टसबाट खेल्दै आफ्नो छाप छोडेका छन् । यसक्रमममा उनले ४ पटक गोल्डेन बुट र ५ पटक ब्यालोन् डी’ओर उपाधि पनि जितेका छन् ।

रोनाल्डोले आफ्नो करिअरमा मुख्य समय रियल म्याड्रिडमा बिताए । त्यसअघि म्यान्चेस्टर युनाइटेडमा नै सिनियर फुटबलमा तहल्का मच्चाएका रोनाल्डोले रियल म्याड्रिडका लागि ४ पटक च्याम्पियन्स लिग जिते । म्यान्चेस्टर युनाइटेडबाट एकपटक च्याम्पियन्स लिग जितेका उनी युभेन्टसबाट पनि त्यहि सफलता हासिल गर्ने लक्ष्यमा छन् ।

रोनाल्डोले आफ्नो करिअरमा साथ पाएका ७ उत्कृष्ट खेलाडी यसप्रकार छन् :

रुड भान निस्टलरोय

रोनाल्डोले सन् २००३ मा म्यान्चेस्टर युनाइटेडसँग सम्झौता गर्दा निस्टलरोय ओल्ड ट्राफर्डमा समर्थकका प्रिय थिए । रोनाल्डोले पहिलो सिजन १५ खेल खेल्दै ४ गोल गरे । निस्टलरोयले भने त्यस सिजन २० गोल गर्न सफल रहे । त्यसपछि तीन सिजन दुवैले सँगै युनाइटेडबाट खेले । सन् २००९/१० मा रोनाल्डोले रियल म्याड्रिड पुग्दा पनि दुवैले एक सिजन सँगै बिताए ।

वायन रोनी :

सन् २००४ मा एभर्टन छोडेर युनाइटेड आएका रोनीले रोनाल्डो र निस्टलरोयसँग मिलेर युनाइटेडको आक्रमण सम्हाले । यी दुईसँग मिलेर रोनीले ११ गोल गर्न सफल रहे । रोनी र रोनाल्डोले ५ सिजन एकैसाथ खेल्दै सन् २००८ मा च्याम्पियन्स लिग पनि जिते । सन् २००६ को विश्वकपमा भने पोर्चुगल र इंग्ल्यान्डको खेलमा भएको विवादका कारण यी दुईको सम्बन्ध चिसिएको चर्चा चलेको थियो ।

गोन्जालो हिगुआइन

सन् २००९ मा रोनाल्डो रियल म्याड्रिड पुग्दा हिगुआइन र करिम बेन्जेमा क्लबमा नै रहेका थिए । यो जोडीले ४ सिजन सँगै खेल्ने क्रममा हिगुआइनले सबै ४ सिजनमा दोहोरो अंकमा गोल अग्रण सके । हिगुआइन र रोनाल्डोको जोडी अहिले युभेन्टसमा पनि रहेको छ । तर हिगुआइनले यस सिजन ५ गोल मात्र गर्न सकेका छन् ।

करीम बेन्जेमा :

रोनाल्डो र बेन्जेमा सँगै रियल म्याड्रिड आएका थिए । बेन्जेमाले गोल गर्ने मात्र फरवार्डको भूमिका नखेलेर तल झर्दै मिडफिल्डमा पनि सहयोग गर्थे । यसले रोनाल्डोलाई निकै फाइदा पुगेको थियो । पछिल्लो दुई सिजन रोनाल्डो टोलीमा नरहेको अवस्थामा भने बेन्जेमा रियलको सर्वाधिक गोलकर्ता बन्दै आएका छन् ।

ग्यारेथ बेल :

सन् २०१३ मा रियल म्याड्रिड आएका वेल्स फरवार्ड ग्यारेथ बेलले ५ सिजन एकसाथ रोनाल्डोसँग खेले । दुवै खेलाडी विंगर भएका कारण एक अर्कासँग पोजिसन साटफेर गर्दै खेल्थे । बेलले रोनाल्डोको गोलसंख्यासँग प्रतिस्पर्धा गर्न नसकेपनि महत्त्वपूर्ण गोल भने गरेका थिए । कोपा डेल रे फाइनलमा बार्सिलोनाविरुद्ध गोल होस् या लिस्बन र किएभमा भएक च्याम्पियन्स लिग फाइनल, बेल मुख्य खेलमा प्रदर्शन गर्न माहिर छन् ।

मारियो मान्जुकिच :

एटलेटिको म्याड्रिडका पूर्व फरवार्ड मान्जुकिच र रोनाल्डोले एक सिजन मात्र सँगै खेले । दुवै खेलाडी कडा मिहिनेत गर्ने भएकाले एक अर्कालाई निकै सहयोग पुगेको थियो । रोनाल्दोसँग खेलेको सिजन मान्जुकिचले ९ गोल गर्दा लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

पाउलो डिबाला :

रोनाल्डोको आगमनसँगै डिबालाले पहिलो सिजनमा अपेक्षित नत्जिया देखाउन सकेनन् । उनले पछिल्लो सिजन मात्र ५ गोल गर्दै क्लब छाड्नेसम्म सोच बनाए । यस सिजन भने लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका डिबालाले १० गोल गर्दै रोनाल्डोसँग मैदानभित्र राम्रो समन्वय गर्दै आएका छन् ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.