default_image

4 years ago

August 1, 2020

रोनाल्डोले अन्तिम लिग खेल गुमाउने

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए अन्तर्गत अन्तिम चरणको खेलमा शनिबार रोमाविरुद्ध नखेल्ने भएका छन् । युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले च्याम्पियन्स लिगको खेललाई मध्यनजर गर्दै रोनाल्डोलाई लिगको अन्तिम खेलअघि विश्राम दिएका हुन् । रोमाविरुद्ध घरेलु मैदानमा रोनाल्डोसँगै अन्य सिनियर खेलाडीलाई पनि विश्राम दिइएको छ । लगातार नवौं लिग उपाधि […]

37 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए अन्तर्गत अन्तिम चरणको खेलमा शनिबार रोमाविरुद्ध नखेल्ने भएका छन् ।

युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले च्याम्पियन्स लिगको खेललाई मध्यनजर गर्दै रोनाल्डोलाई लिगको अन्तिम खेलअघि विश्राम दिएका हुन् । रोमाविरुद्ध घरेलु मैदानमा रोनाल्डोसँगै अन्य सिनियर खेलाडीलाई पनि विश्राम दिइएको छ । लगातार नवौं लिग उपाधि पक्का गरिसकेको युभेन्टसले यस खेलमा युवा खेलाडीलाई मौका दिनसक्ने सम्भावना छ ।

सार्रीले यसअघि नै उपाधि पक्का भइसकेको अवस्थामा मुख्य खेलाडीहरुलाई धेरै भार नदिन विश्राम दिने योजना बनाएका थिए । रोनाल्डो भने गोल्डेन बुटको दाबेदारीमा रहेकाले लगातार खेलिरहेका थिए । पछिल्लो दुई सातामा लाजियोका चिरो इम्मोबिलेले ४ गोल गर्दा रोनाल्डोले एक गोल मात्र थपे । समग्रमा रोनाल्डोले ३१ गोल गर्दा इम्मोबिलेले ३५ गोल गरेका छन् । यससँगै युरोपेली गोल्डेन बुट र इटालियन सिरी ए को सर्वाधिक गोलकर्ता इम्मोबिले बन्ने पक्का भएको छ ।

सार्रीले रोमाविरुद्ध खेलमा पाउलो डिबालालाई पनि समेटेका छैनन् । अर्जेन्टिनी फरवार्ड पछिल्लो केहि दिनयता तिघ्राको समस्याले ग्रसित छन् । उनले च्याम्पियन्स लिगको खेल समेत गुमाउने सम्भावना रहेको छ । युभेन्टसले च्याम्पियन्स लिगको राउन्ड अफ १६ को दोस्रो लेगमा लियोनको सामना गर्दैछ । पहिलो लेगमा १-० ले पछि परेको युभेन्टस अगस्ट ८ मा हुने दोस्रो लेगमा जितको लागि खेल्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.