default_image

4 years ago

August 2, 2020

रोनाल्डिन्हो चार महिनापछि जेलमुक्त!

एजेन्सी – ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड फरवार्ड रोनाल्डिन्हो झन्डै चार महिनापछि जेल मुक्त हुने भएका छन् । नक्कली पासपोर्ट बोकेर अर्काे देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा ४० वर्षे विश्वविजेता रोनाल्डिन्होसँगै उनका दाई तथा एजेन्ट रोबर्टाेलाई गत अप्रिलमा पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो ।  उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाइएपनि ३२ दिनपछि […]

53 views

0 Bookmark

एजेन्सी – ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड फरवार्ड रोनाल्डिन्हो झन्डै चार महिनापछि जेल मुक्त हुने भएका छन् ।

नक्कली पासपोर्ट बोकेर अर्काे देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा ४० वर्षे विश्वविजेता रोनाल्डिन्होसँगै उनका दाई तथा एजेन्ट रोबर्टाेलाई गत अप्रिलमा पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो ।  उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाइएपनि ३२ दिनपछि नै जेलबाट सार्दै रोनाल्डिन्हो दाजु भाईलाई चारतारे होटलमा सारिएको थियो । तारेखमा छुट्नको लागि १.६ मिलियन डलर तिर्न नसकेपछि उनीहरु जेलमा रहन बाध्य बनेका थिए ।

क्षतिपूर्ति १.२ मिलियन युरो तिरेपछि जेलमुक्त हुने भएका हुन् । तर, बेलायती पत्रिका दि सनको दावीअनुसार उनीहरुको जेल सजाय छिट्टै अन्त्य हुँदैछ । रोनाल्डिन्होले उनको पक्राउमा पुर्याउने घटनामा उनको भुमिकाको लागि सजाय पर्खिरहेका छन् ।

पछिल्लो प्रतिवेदनअनुसार यो पनि दावी गरिएको छ कि रोनाल्डिन्होसँग नक्कली राहदानीबाहेक अन्य कुनै ठोस प्रमाण फेला पार्न सकेको छैन । पाराग्वे अधिकारीहरुले पनि उनीहरुलाई कथित मनी लन्ड्रिङको आरोपमा अझैपनि छानविन गरिरहेको छ ।

दि सनको रिपोर्टअनुसार राहदानी रोनाल्डिन्होको नाममा छ । उनको जन्मस्थल र जन्ममिति पाराग्वे रहेको दावी छ । रोनाल्डिन्होले यसअघि नै ब्राजिल र इयुको दुवै पासपोर्ट राखेका थिए । ति सबै जफत गरिएको छ ।  पुर्व बार्सिलोना र एसी मिलानका स्टार रोनाल्डिन्होलाई ‘ला फाउन्डसियन एन्जेलिकल’ जसले कम आय भएका बच्चाहरुलाई चिकित्सा सहायता प्रदान गर्ने कार्यक्रममा जाने क्रममा पक्राउ परेका थिए । त्यसपछि उनी जिनियस अफ लाइफ पुस्तक विमोचन कार्यक्रममा जाने तालिका थियो ।

४० वर्षीय रोनाल्डिन्होले २०१५ मा फुटबलबाट सन्यासको घोषणा गरेका थिए । उनले पछिल्लो पटक घरेलु क्लब फ्लुमिनेन्सबाट खेलेका थिए । आफ्नो समयको उम्दा खेलाडी रोनाल्डिन्हो ब्राजिलले २००२ मा विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य थिए । उनले क्याटलान क्लब बार्सिलोनाबाट दुई ला लिगा र च्याम्पियन्स लिग जितेका थिए । उनले एक बालोन डि ओर र दुईपटक फिफा वल्ड प्लेयर अफ दि इयरको अवार्ड जितेका थिए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.