default_image

4 years ago

August 2, 2020

चेन्चोको ह्याट्रिकमा पारोको फराकिलो जित

एजेन्सी – भुटानी रोनाल्डोको उपनाम पाएका चेन्चो ग्याल्सेनको ह्याट्रिक सहयोगमा पारो एफसीले भुटानी प्रिमियर लिगको पहिलो खेलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा पारोले ड्रक स्टारमाथि ८–० को फराकिलो जित निकालेको हो । अघिल्लो दुई सिजन हारबाट शुरुवात गरेको पारोले यो सिजन सानदार जितसहित विजयी शुरुवात गरेको हो । पारोको फराकिलो […]

49 views

0 Bookmark

एजेन्सी – भुटानी रोनाल्डोको उपनाम पाएका चेन्चो ग्याल्सेनको ह्याट्रिक सहयोगमा पारो एफसीले भुटानी प्रिमियर लिगको पहिलो खेलमा सानदार जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार भएको खेलमा पारोले ड्रक स्टारमाथि ८–० को फराकिलो जित निकालेको हो । अघिल्लो दुई सिजन हारबाट शुरुवात गरेको पारोले यो सिजन सानदार जितसहित विजयी शुरुवात गरेको हो ।

पारोको फराकिलो जितमा चेन्चोले ह्याट्रिकसहित चार गोल गरे । लोडे, यसी दोर्जी, छेल्ट्रिम र पव थिन्लेले समान एक गोल गरे । पारोले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा तीन गोल थपेको थियो ।

अब पारोले लिगको दोस्रो खेलमा अर्काे साता ट्रान्सपोर्ट एफसीसँग प्रतिस्पर्धा गर्दैछ । गत सिजन नेपाल यू-१९ टोलीका कप्तान अर्पण कार्कीले पारोका लागी खेलेका थिए ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.