default_image

4 years ago

August 2, 2020

आर्सनललाई एफए कप उपाधि, चेल्सी पराजित

एजेन्सी – उत्कृष्ट पुनरागमनका साथ आर्सनलले एफए जितेको छ । चेल्सीलाई शनिबार २–१ ले हराउँदै आर्सनलले एफए कप जितेको हो । आर्सनलले एएफ कप जितेको यो १४ औं पटक हो । वेम्ब्लीमा भएको फाइनलमा चेल्सीले खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा उपाधिबाट विमुख हुनु परेको थियो । क्रिस्टियन पुलिसिकको गोलमा चेल्सीले पाँचौं मिनेटमै अग्रता लिएको […]

29 views

0 Bookmark

एजेन्सी – उत्कृष्ट पुनरागमनका साथ आर्सनलले एफए जितेको छ । चेल्सीलाई शनिबार २–१ ले हराउँदै आर्सनलले एफए कप जितेको हो । आर्सनलले एएफ कप जितेको यो १४ औं पटक हो ।

वेम्ब्लीमा भएको फाइनलमा चेल्सीले खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा उपाधिबाट विमुख हुनु परेको थियो । क्रिस्टियन पुलिसिकको गोलमा चेल्सीले पाँचौं मिनेटमै अग्रता लिएको थियो । तर आर्सनलले २८ औं मिनेटमै बराबरी गोल फर्काएको थियो । पिइरी इम्रिक अबामेयाङले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए ।

६८ औं मिनेटमा अबामेयाङले अर्को गोल गर्दै जितको आधार तयार पारेका थिए । चेल्सीले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । मेटेउ कोभाचिचले ७३ औं मिनेटमा दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाड्न परेको थियो ।

आर्सनलपछि म्यानचेस्टर युनाइटेडले १२ पटक एफए कप जितेको थियो । एफए कपको खेलेका सबै तीन फाइनल खेलमा आर्सनलले चेल्सीलाई हराएको थियो । आर्सनलले पछिल्ला १० पटक एफए कप फाइनल खेल्दा ९ पटक उपाधि उचालेको छ ।

प्रशिक्षकका रुपमा एफए कप जिते आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा चौथो स्पेनिस हुन् । त्यसअघि राफल बेनिटेज, रोबेर्टो मार्टिनेज र पेप ग्वार्डिओलाले जितेका थिए । आर्सनलको कप्तान र प्रशिक्षकका रुपमा एफए कप जित्ने आर्टेटा पहिलो व्यक्ति हुन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.